पाठ कागजातहरूमा जटिल सूत्रहरू गणना गर्दा

तपाईँ पूर्वपरिभाषित प्रकार्यहरू सूत्रमा प्रयोग गर्न सक्नुहुन्छ, र पाठ कागजातमा गणनाको परिणाम घुसाउनुहोस् ।

उदाहरणका लागि, तीन सङ्ख्याहरूको मध्यक मान गणना गर्न, तलको गर्नुहोस्:

  1. कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ सूत्र घुसाउन सक्नुहुन्छ, र त्यसपछि F2 थिच्नुहोस् ।

  2. सूत्रप्रतिमा क्लिक गर्नुहोस्, र तथ्याङ्किय प्रकार्यहरू "Mean" सूचीबाट रोज्नुहोस् ।

  3. ठाडो स्ल्यासहरूद्वारा बिभाजन गरिएको (|), तीन सङ्ख्याहरू टाइप गर्नुहोस् ।

  4. Enterथिच्नुहोस् । कागजातमा परिणाम फाँटको रूपमा घुसाइन्छ ।

सूत्र सम्पादन गर्नका लागि, कागजातको फाँटमा डबल-क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!