LibreOffice म्याथ विशेषताहरू

यस सेक्सनमा LibreOffice म्याथले प्रस्तुत गरेको कार्यहरूको केही महत्वपूर्ण सिंहावलोकन र योग्यताहरू समावेश हुन्छ ।

LibreOffice म्याथले सूत्रहरू सिर्जना गर्न अनगिन्ती सञ्चालककर्ताहरू, कार्यहरू र ढाँचा पार्ने सहायकहरू उपलब्ध गर्दछ । यी सबै चयन गरिएका सञ्झ्यालमा सूची पारिएको छ, जसमा तपाईँले आफ्नो काममा वस्तु घुसाउन तपाईँलाई आवश्यक तत्त्वमा माउसले क्लिक गर्न सक्नु हुन्छ । मद्दतमा पूरा गर्ने सन्दर्भ सूची र अनगिन्ति नमुनाहरू समावेश छन् ।

एउटा सूत्र सिर्जना गर्दा

चित्रपटहरू र छविहरूमा जस्तै, सूत्रहरू कागजात भित्र वस्तुको रूपमा सिर्जना हुन्छ । सूत्र कागजात भित्र घुसाउँदा स्वचालित तवरले LibreOffice म्याथ सुरु हुन्छ । तपाईँले पूर्वपरिभाषा गरिएका प्रतीकहरू र कार्यहरूको चयन प्रयोग गरेर सूत्र सिर्जना गर्न, सम्पादन गर्न र ढाँचा पार्न सक्नु हुन्छ ।

सूत्र सिधै टाइपगर्दा

यदि तपाईँ LibreOffice म्याथ भाषासँग परिचित हुनु हुन्छ भने, तपाईँले कागजातमा सूत्र सिधै पनि टाइप गर्न सक्नु हुन्छ । उदाहरणका लागि, पाठ कागजातमा यो सूत्र टाइप गर्नुहोस्: "a sup 2 + b sup 2 = c sup 2"। यो पाठ चयन गर्नुहोस् र वस्तु - सूत्र - घुसाउनुहोस् रोज्नुहोस् । पाठ ढाँचा पारिएको सूत्रमा रूपान्तरण हुनेछ ।

द्रष्टव्य प्रतिमा

सूत्रहरू LibreOffice म्याथमा गणना गर्न सकिँदैन किनभने यो सूत्र सम्पादक (सूत्रहरू लेख्न र देखाउनका लागि) हो र गणना कार्यक्रम होइन । सूत्रहरू गणना गर्न स्प्रेडसिट प्रयोग गर्नुहोस्, वा साधारण गणनाहरूका लागि पाठ कागजात गणना कार्य प्रयोग गर्नुहोस् ।


आदेश सञ्झ्यालमा सूत्र सिर्जना गर्दा

सूत्रहरू प्रविष्ट गर्न र सम्पादन गर्न LibreOffice म्याथ आदेश सञ्झ्याल प्रयोग गर्नुहोस् । तपाईँले आदेश सञ्झ्यालमा बनाउनु भएको प्रविष्टिहरू जस्तै, तपाईँले कागजातमा परिणाम देख्नु हुन्छ । लामो र जटिल सूत्रहरू सिर्जना गर्दा सिंहावलोकन राम्ररी राख्न,उपकरणपट्टीमा सूत्र कर्सर प्रयोग गर्नुहोस् । जब यो कार्य सक्रिय गरिन्छ, आदेश सञ्झ्याल भित्र कर्सर स्थान पनि पाट सञ्झ्यालमा देखिन्छ ।

व्यक्तिगत प्रतीकहरू

तपाईँले आफ्नै प्रतीक सिर्जना गर्न र अर्को फन्टहरूबाट क्यारेक्टरहरू आयात गर्न सक्नु हुन्छ । तपाईँले LibreOffice म्याथ प्रतीकहरूको आधारभूत कोटिमा नयाँ प्रतीक थप्न वा आफ्नै विशेष कोटिहरू सिर्जना गर्न सक्नु हुन्छ । अनगिन्ति विषेश क्यारेक्टरहरू पनि उपलब्ध छन् ।

प्रसङ्गमा सूत्रहरू

To make working with formulas easier, use the context menus, which can be called up with a right mouse click. This applies especially to the Commands window. This context menu contains all the commands that are found in the Elements pane, and also operators, and so on, which can be inserted into your formula by mouse-click without having to key them into the Commands window.

Right-to-Left and Left-to-Right formula direction

LibreOffice Math supports setting and rendering a formula in Right-to-Left direction.

Arabic and Persian fonts

LibreOffice Math supports Arabic and Persian operators and symbols.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!