रुलरहरू

तपाईँले स्लाईड सिर्जना गर्ने क्रममा सहायताका लागि LibreOffice इम्प्रेस कार्यक्षेत्रको बायाँ र माथिल्लो किनारामा ठाडो र तेर्सो रुलर प्रयोग गर्न सक्नु हुन्छ । स्लाईडको क्षेत्र ढाक्ने रुलरहरूको सेक्सनहरू सेतो छ ।

टिप प्रतिमा

जब तपाईँले वस्तु चयन गर्नुहुन्छ, त्यसका आयामहरू खैरो रेखाहरूको रूपमा रुलरहरूमा प्रदर्शन हुन्छ । वस्तु निश्चित रूपले पुन: साइज गर्न, रुलरमा कुनै एउटा डबल रेखा नयाँ स्थानमा तान्नुहोस् ।


जब तपाईँले स्लाईडमा पाठ वस्तु चयन गर्नुहुन्छ, इन्डेण्टहरू र ट्याबहरू तेर्सो रुलरमा प्रदर्शन हुन्छ । पाठ वस्तुका लागि इन्डेण्ट वा ट्याब परिवर्तन गर्न, इन्डेण्ट र ट्याब चिन्हकलाई रुलरमा नयाँ स्थानमा तान्नुहोस् ।

तपाईँको स्लाईडमा वस्तुहरू पङ्क्तिबद्व मद्दतका लागि तपाईँले रुलरबाट स्न्याप रेखा पनि तान्न सक्नु हुन्छ । रुलर प्रयोग गरेर स्न्याप घुसाउन, स्लाईडमा रुलरको किनारा तान्नुहोस् ।

रुलरहरू देखाउन वा लुकाउन, रुलरहरू - देखाउनुहोस् रोज्नुहोस् ।

रुलरका लागि मापन एकाइ निर्दिष्ट गर्न, रुलरलाई दायाँ क्लिक गर्नुहोस् र सूचीबाट नयाँ एकाइ रोज्नुहोस् ।

रुलरहरूको उत्पत्ति (० विन्दु) परिवर्तन गर्न, कार्यक्षेत्र भित्र माथिल्लो बायाँ कुनामा दुई रुलरको प्रतिच्छेदन तान्नुहोस् । ठाडो र तेर्सो मार्गदर्शक देखापर्दछ । सुचारु रूपले ठाडो र तेर्सो मार्गदर्सकहरू तानि रहनुहोस् जहाँ सम्म तान्दा तपाईँले गर्न चाहेको नयाँ उद्गम रिलिज हुँदैन । रुलरहरूको उद्गम पुन: सेट गर्न मानहरू पूर्वनिर्धारित गर्न प्रतिच्छेदनमा डवल क्लिक गर्नुहोस् ।

स्लाईड सीमान्तहरू परिवर्तन गर्न, रुलरहरूमा सेतो क्षेत्रहरूको किनारा तान्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!