LibreOffice 25.2 सहयोग
The Edit Points Bar appears when you select a polygon object and click Edit Points.
कार्यहरूले वक्ररेखाको बिन्दुहरू सम्पादन गर्न वा वस्तु वक्ररेखामा रूपान्तरण गर्न तपाईँंलाई आज्ञा प्रदान गर्दछ। निम्न प्रतिमाहरू उपलब्ध छन्:
सम्पादन बिन्दुहरू
मोड सक्रिय पार्दछ जसमा तपाईँंले बिन्दुहरू सार्न सक्नुहुन्छ। माउस सूचकले सानो खाली चतुर्भुज प्रदर्शन गर्दछ जब एउटा बिन्दुमा विश्राम गरिन्छ। त्यो बिन्दुलाई अर्को ठाउँमा तान्नुहोस्। बिन्दुको दुवै छेउहरूमा भएको वक्ररेखा चालको पछि लाग्दछ; अर्को बिन्दुहरू बीच वक्ररेखाको सेक्सनले आकार परिवर्तन गर्दछ।
दुई बिन्दुहरू बीच वक्ररेखामा वा बन्द वक्ररेखा भित्र प्वाईन्ट गर्नुहोस् र सम्पूर्ण वक्ररेखा बदल्नका लागि वनावट नबिगारी माउसलाई तान्नुहोस्।
बिन्दुहरू सार्नुहोस्
घुसाउने मोड सक्रिय पार्दछ। मोडले बिन्दुहरू घुसाउन आज्ञा दिन्छ। तपाईँंले सार्ने मोडमा जस्तै, बिन्दुहरू सार्न सक्नुहुन्छ। यदि, यद्यपि, तपाईँंले दुई बिन्दुहरूको बीच वक्ररेखामा क्लिक गर्नुहोस् र माउसलाई अलिकति सार्नुहोस् जुनबेला तपाईँंले घुसाउनु भएको नयाँ बिन्दुमा माउस बटन होल्ड गर्नुहुन्छ। बिन्दु मिहिन बिन्दु हो, र रेखाहरू जुन नियन्त्रण बिन्दुहरूमा छ समानान्तर हुन्छ र जब सर्दछ तयस्तै रहन्छ।
यदि तपाईँं कुनो बिन्दु सिर्जना गर्न चाहनुहुन्छ भने पहिले तपाईँंले महिन वा सममिति बिन्दु घुसाउनु पर्दछ जुन त्यसपछि कुनो बिन्दु प्रयोग गरि कुनो बिन्दुमा रूपान्तरण हुन्छ।
बिन्दुहरू घुसाउनुहोस्
एक वा सो भन्दा धेरै चयन गरिएका बिन्दुहरू मेट्नबिन्दुहरू मेट्नुहोस् प्रतिमा प्रयोग गर्नुहोस्। यदि तपाईँंले धेरै बिन्दुहरू चयन गर्न चाहनुहुन्छ उचित बिन्दुहरू क्लिक गर्नुहोस् जब शिफ्ट कुञ्जी होल्ड गर्नुहुन्छ।
पहिले मेट्नका लागि बिन्दुहरू चयन गर्नुहोस्, र त्यसपछि यस प्रतिमामा क्लिक गर्नुहोस्, वा Del दबाउनुहोस्।
बिन्दुहरू मेट्नुहोस्
वक्ररेखा छुट्याउने प्रतिमाले वक्ररेखा छुट्याउँदछ। तपाईँंले वक्ररेखा छ्ट्याउन चाहनु भएको ठाउँमा बिन्दु वा बिन्दुहरू चयन गर्नुहोस्, त्यसपछि प्रतिमामा क्लिक गर्नुहोस्।
वक्ररेखा छुट्ट्याउनुहोस्
वक्ररेखा सीधा रेखामा रूपन्तरण गर्दछ वा सीधारेखा वक्ररेखामा रूपान्तरण गर्दछ। यदि तपाईँंले एकल बिन्दु चयन गर्नु भयो भने, वक्ररेखा बिन्दु भन्दा पहिले रूपान्तरण हुनेछ। यदि दुईवटा चयन गरिएमा, वक्ररेखा दुवै बिन्दुहरू बीच रूपान्तरण हुनेछ। यदि तपाईँंले दुई भन्दा बढी बिन्दुहरू चयन गर्नु भयो भने, हरेक चोटि यस प्रतिमामा क्लिक गर्दा,वक्ररेखाको फरक टुक्रा रूपान्तरण हुनेछ। यदि जरुरी भएमा, गोलो बिन्दुहरू कुनो बिन्दुमा रूपान्तरण हुन्छ र कुनो बिन्दुहरू गोलो बिन्दुमा रूपान्तरण हुन्छ।
यदि वक्ररेखाको कुने सेक्सन सीधा भए रेखाको बिन्दुको अन्त्यमा बढीमा एक नियन्त्रण बिन्दु प्रत्येक हुन्छ। तिनीहरूलाई सीधा रेखा पुन: वक्ररेखामा रूपान्तरण नगरेसम्म गोलो बिन्दुमा परिमार्जन गर्न सकिँदैन।
वक्ररेखामा रूपान्तरण गर्नुहोस्
चयन गरिएको बिन्दु वा कुनो कुनो बिन्दुहरू भित्र बिन्दुहरू रूपान्तरण गर्दछ। कुनो बिन्दुहरू सँग दुईवटा चल्न सक्ने नियन्त्रण बिन्दुहरू छन्,जुन एक अर्कोमा स्वतन्त्र छन्। एउटा वक्ररेखा, तसर्थ कुनो बिन्दुद्वारा सीधा जाँदैन, तर कुनो बनाउँदछ।
कुनो बिन्दु॒
कुनो बिन्दु वा सममिति बिन्दु महिम बिन्दुमा रूपान्तरण गर्दछ। कुनो बिन्दुको दुवै नियन्त्रण बिन्दुहरू समानान्तरमा पङ्क्तिबद्ध हुन्छन्, र एकै प्रकारले मात्र चल्न सक्दछ। नियन्त्रण बिन्दुले तपाईँंलाई वक्रताको डिग्री रूपान्तरण गर्ने आज्ञा दिँदै लम्बाइमा अन्तर निकाल्दछ।
मिहिन परिवर्तन
यस प्रतिमाले कुनो बिन्दु वा महिम बिन्दुलाई सममिति बिन्दुमा रूपान्तरण गर्दछ। कुनो बिन्दुको दुवै नियन्त्रण बिन्दुहरू समानान्तरमा पङ्क्तिबद्ध हुन्छ र समान उचाइमा रहन्छ। तिनीहरू सँग सँगै सर्न सक्दछ र वक्रताको डिग्री दुवै दिशाहरूमा समान हुन्छ।
सममिति परिवर्तन
रेखा वा वक्ररेखाहरू बन्द गर्दछ। रेखा ठुलो पारिएको चतुर्भुजद्वारा सङ्केत गरिएको, पहिलो बिन्दुसँग अन्तिम बिन्दुमा जडान गरी बन्द हुन्छ।
बेजियर बन्द गर्नुहोस्
बिन्दुहरू हटाउनुहोस्