सामग्रीहरू विशेष ढाँचाहरूमा टाँस्दा
क्लिपबोर्डमा सँग्रह गरिएको सामग्रीहरू तपाईँको कागजात भित्र बिभिन्न ढाँचाहरू प्रयोग गरेर टाँस्न सकिन्छ। LibreOffice मा तपाईँले सामग्रीहरू एउटा संवाद वा तान्नुहोस र छोड्नुहोस प्रतिमा प्रयोग गरेर कसरी टाँस्ने भन्ने कुरा रोज्न सक्नुहुन्छ।
उपलब्ध सामग्रीहरू क्लिपबोर्डको सामग्रीहरूमा निर्भर गर्दछन।
In Writer text documents, you can press Command+OptionCtrl+Alt+Shift+V to paste the contents of the clipboard as unformatted text.
एउटा प्रतिमा मेनु प्रयोग गरेर क्लिपबोर्ड सामग्रीहरू टाँस्दा
-
मेनु खोल्नलाई मानक पट्टीमा टाँस्नुहोसप्रतिमा भन्दा अगाडि बाँण क्लिक गर्नुहोस।
-
विकल्पमध्ये कुनै एक चयन गर्नुहोस।
यदि तपाईँले नतिजा चाहनुहुन्न भने,पूर्वस्थितीमा ल्याउनुहोस प्रतिमा क्लिक गर्नुहोस र अर्को अवस्था बाट फेरि टाँस्नुहोस।
एउटा संवाद प्रयोग गरेर क्लिपबोर्ड सामग्रीहरू टाँस्दा
-
सम्पादन गर्नुहोस - विशेष प्रकारले टाँस्नुहोस रोज्नुहोस।
-
कुनै एक विकल्प चयन गर्नुहोस र ठीक छक्लिक गर्नुहोस।
यदि तपाईँ स्प्रेडसिटमा हुनुहुन्छ र क्लिपबोर्डको समग्रीहरू स्प्रेडसिट कक्षहरू भएमा, त्यसपछी बिभिन्न विशेष प्रकारले टाँस्नुहोस संवाद देखापर्दछन। कक्षहरूलाई आधारभूत र उच्चस्तरिय विकल्प प्रयोग गरेर प्रतिलिपि गर्नलाई विशेष प्रकारले टाँस्नुहोस संवाद प्रयोग गर्नुहोस।
-
ट्रान्सपोज: पङ्क्तिहरू र स्तम्भहरूको कक्ष दायरा टाँस्नका लागि झुक्याउछ।
-
लिङ्क: कक्ष दायरा एउटा लिङ्कको रूपमा टाँस्दछ। यदि स्रोत फाइल परिवर्तन भएमा,टाँसिएका कक्षहरू पनि परिवर्तन हुन्छन।
-
तपाईँले LibreOffice Calc भित्र बाट विशेष प्रकारले टाँस्नुहोस संवाद खोल्दा,अन्य विकल्प मद्दतमा वर्णन गरिन्छ्छ।