LibreOffice 24.8 सहयोग
एउटा एकल कक्षको सामग्रीहरू प्रतिलिपि गर्नलाई क्लिपबोर्ड प्रयोग गर्नुहोस। तपाईँले कक्षबाट पनि क्लिपबोर्डमा सूत्र प्रतिलिपि गर्न सक्नुहुन्छ(उदाहरणका लागि,सूत्रपट्टीको आगत लाइन बाट) ताकी सूत्र एउटा पाठ भित्र घुसाउन सकियोस।
पाठ कागजातमा एउटा कक्ष दायरा प्रतिलिपि गर्नलाई, पानामा कक्ष दायरा चयन गर्नुहोस र त्यसपछि क्लिपबोर्ड प्रयोग गर्नुहोस वा पाठ कागजात भित्र घुसाउन लाई तान्नुहोस-र-छोड्नुहोस। तपाईँले त्यसपछि एउटा OLE वस्तु पाठ कागजातमा फेला पार्नुहुनेछ,जुन तपाईँले अरू सम्पादन गर्न सक्नुहुन्छ।
यदि तपाईँले प्रस्तुतीकरण कागजातको सामान्य दृश्यमा कक्षहरू तान्नुभयो भने,कक्षहरू त्यहाँ OLE वस्तुको रूपमा घुस्नेछन। यदि तपाईँले कक्षलाई रूपरेखा दृश्यमा तान्नुभयो भने हरेक कक्षले रूपरेखा दृश्यको लाइन बनाउनेछ। यदि तपाईँले भर्खरै तान्नुभयो भने तपाईँले कक्षहरू सार्नुहुनेछ।तानेको बेलामा यदि तपाईँ Shift कुञ्जी थिचेमा मात्रै कक्षहरू प्रतिलिपि हुनेछन।
तपाईँले जब LibreOffice Calc बाट एउटा कक्ष दायरा क्लिपबोर्डमा प्रतिलिपि गरेको बेलामा, यो दायरा भित्रका चित्र वस्तुहरू, OLE वस्तुहरू र चित्रपटहरू पनि प्रतिलिपि हुन्छन। तपाईँले तान्नुहोस - र - छोड्नुहोस क्रिया सुरु गरेपछि तिनीहरू पनि प्रतिलिपि हुन्छन। यधपी,यदि तपाईँले उही कागजात भित्र तिनीहरूलाई तानेमा मात्र वस्तुहरू घुस्दछन।
यदि तपाईँले कक्ष दायरा एउटा संलग्न गरिएको चित्रपटसँग घुसाउनु भएमा, यदि तपाईँले चित्रपट र स्रोत कक्ष दायरा एकै साथ प्रतिलिपि गरेमा मात्र चित्रपटले यसको लिङ्कलाई स्रोत कक्ष दायरामा राख्दछ।