LibreOffice 25.2 सहयोग
एउटा अनुच्छेदमा एउटा ट्याब स्टपको स्थिति सेट गर्नुहोस्।
यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले ट्याब स्थितिहरू सेट गर्न रुलर पनि प्रयोग गर्न सक्नुहुन्छ ।
एउटा ट्याब स्टप प्रकार चयन गर्नुहोस् एउटा नयाँ नाप प्रविष्ट गर्नुहोस् र त्यसपछि New मा क्लिक गर्नुहोस्। यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले ट्याबका लागि प्रयोग गर्न नाप एकाइ पनि निर्दिष्ट गर्न सक्नुहुन्छ(सेन्टिमिटरका लागि से.मी, वा इन्चहरूका लागि ") । तपाईँले पहिलो ट्याबको बायाँतिर सेट गरेको अवस्थित ट्याबहरू हटाइएका छन् ।
तपाईँले परिमार्जन गर्न चाहेको ट्याब स्टपको प्रकार चयन गर्नुहोस्।
यदि एसियाली भाषा समर्थन सक्षम पारिएको छ भने यो ट्याब स्टपको नाम बायाँ/माथि हो ।
पाठको बायाँ किनारालाई ट्याब स्टपमा पङ्क्तिबद्ध गर्दछ र दायाँतिर पाठ विस्तार गर्दछ ।
यदि एसियाली भाषा समर्थन सक्षम पारिएको छ भने यो ट्याब स्टपको नाम दायाँ/तल हुन्छ ।
पाठको दायाँ किनारालाई ट्याब स्टपमा पङ्क्तिबद्ध गर्दछ र ट्याब स्टपको बायाँतिर पाठ विस्तार गर्दछ ।
पाठको केन्द्रलाई ट्याब स्टपमा पङ्क्तिबद्ध गर्दछ ।
एउटा सङ्ख्याको दशमलव बिन्दुलाई ट्याबको केन्द्रमा र पाठलाई ट्याबको बायाँतिर पङ्क्तिबद्ध गर्दछ ।
एउटा क्यारेक्टर प्रविष्ट गर्नुहोस् जुन तपाईँले एउटा दशमलव विभाजकको रूपमा दशमलव ट्याबलाई प्रयोग गर्न चाहनुहुन्छ ।
ट्याब स्टपको बायाँतिर लिडरको रूपमा प्रयोग गरिने क्यारेक्टरहरू निर्दिष्ट गर्नुहोस्।
ट्याब स्टपको बायाँतिर कुनै भर्ने क्यारेक्टरहरू घुसाउँदैन, वा अवस्थित भर्ने क्यारेक्टरहरू हटाउँदैन ।
ट्याब स्टपको बायाँतिरको खाली स्थान थोप्लाहरूद्वारा भर्दछ ।
ट्याब स्टपको बायाँतिरको खाली स्थान ड्यासहरूद्वारा भर्दछ ।
ट्याब स्टपको बायाँतिरको खाली स्थान भर्न एउटा रेखा कोर्दछ ।
ट्याब स्टपको बायाँतिरको खाली स्थान भर्न एउटा क्यारेक्टर निर्दिष्ट गर्न तपाईँलाई अनुमति दिन्छ ।
तपाईँले हालको अनुच्छेदमा परिभाषित गरेको ट्याब स्टप थप्दछ ।
तपाईले तलका स्थितिमापरिभाषित गर्नुभएका सबै ट्याब स्टपहरू हटाउछ ।पूर्वनिर्धारित ट्याब स्टपहरूक रुपमा बायाँ ट्याब स्टपहरूमा नियमित अन्तरालहरू सेट गर्दछ ।