LibreOffice 25.2 सहयोग
तपाईँं एउटा वस्तुको नक्कल वा बहु प्रतिलिपिहरू सिर्जना गर्न सक्नुहुन्छ । प्रतिलिपि उस्तै वा साइज, रङ, अभिमुखिकरण र स्थानमा फरक पनि हुन सक्दछ ।
निम्न उदाहरणले एकल दीर्घवृतको बहु प्रतिलिपि बनाएर सिक्काहरूको थाक सिर्जना गर्दछ ।
ठोस पहेलो दीर्घवृत चित्रांकन गर्नका लागि दीर्घवृत उपकरण प्रयोग गर्नुहोस् ।
दीर्घवृत चयन गर्नुहोस् र सम्पादन - नक्कल रोज्नुहोस् ।
१२ लाई प्रतिलिपिको सङ्ख्या को रूपमा प्रविष्ट गर्नुहोस् ।
Width र Height का लागि नकारात्मक मान प्रविष्ट गर्नुहोस् ताकि तपाईँं थाकमा जाँदा सिक्काहरू साइजमा घटोस् ।
सिक्काहरूका लागि रङ सङ्क्रमण परिभाषित गर्नका लागि,सुरु र अन्त्य बाकसमा बिभिन्न रङहरू रोज्नुहोस् । सुरु रङ चाँहि तपाईँंले नक्कल गरिरहनुभएको वस्तुमा लागू हुन्छ ।
नक्कलहरू सिर्जना गर्नका लागि ठीक छ क्लिक गर्नुहोस् ।