LibreOffice 24.8 सहयोग
संयोजित चित्र वस्तुहरूले सामूहिक वस्तुहरूले जस्तै कार्य गर्दछ, त्यो बाहेक तपाईँंले समूहमा एकल वस्तुहरूलाई सम्पादनका लागि प्रविष्टि गर्न सक्नुहुन्न ।
तपाईँंले द्वि-आयामिक वस्तुहरू मात्र संयोजन गर्न सक्नुहुन्छ ।
दुई वा अरू द्वि आयामिक वस्तुहरू चयन गर्नुहोस् ।
Choose Shape - Combine.
समूहरूले जस्तो नगरेर, एउटा संयोजित वस्तुले थाक गरिएको पङ्क्तिमा सबैभन्दा तल्लो वस्तुको गुण लिन्छ । तपाईँंले संयोजित वस्तुलाई टुक्रयाएर अलग्याउन सक्नुहुन्छ तर मौलिक वस्तु गुणहरू हराउँछ ।
जव तपाईँंले वस्तुहरू संयोजन गर्नुहुन्छ, वस्तुहरू गाभिएको ठाउँमा प्वाल देखापर्दछ ।
दृष्टान्तमा, असंयोजित वस्तुहरू बायाँमा र संयोजित वस्तुहरू दायाँमा छन् ।
लाई प्रयोग गरेर बनोट निर्माण गर्न सक्नुहुन्छ Shapes-दुई वा बढी चित्रहरूका लागि आदेशहरू गाभ्नुहोस्, घटाउनुहोस् र प्रतिच्छेदन गर्नुहोस् ।
आकार आदेशहरू द्वि-आयामिक वस्तुहरूमा मात्र काम गर्दछ ।
निर्मित आकारहरूले थाक क्रममा भएको सबैभन्दा तल्लो वस्तुको गुण लिन्छ ।
दुई वा अरू द्वि आयामिक वस्तुहरू चयन गर्नुहोस् ।
Choose Shape and one of the following:
गाभ्नुहोस्
घटाउनुहोस्
प्रतिच्छेदन गर्नुहोस्।
निम्न दृष्टांतहरूमा, मौलिक बनोटहरू बायाँमा र परिमार्जित बनोटहरू दायाँ मा छन् ।
सबैभन्दा तल्लो क्षेत्रमा भएका वस्तुहरूमा चयन गरिएका वस्तुहरूको क्षेत्र थाक क्रममा थप गर्दछ ।
सबैभन्दा तल्लो क्षेत्रमा भएका वस्तुहरूमा चयन गरिएका वस्तुहरूको क्षेत्र थाक क्रममा घटाउँदछ ।
चयन गरियका वस्तुहरूको गाभिएको क्षेत्रले नयाँ बनोट सिर्जना गर्दछ ।
गाभिएको भन्दा बाहिरको क्षेत्र हटाइयो ।