म्याट्रिक्स सूत्रहरू प्रविष्ट गर्दा

तलको निम्न उदाहरणमा तपाईँलाई म्याट्रिक्स प्रकार्यहरूको विवरण भित्र जाँदा, कसरी म्याट्रिक्स सूत्र प्रविष्टि गर्न सक्नुहुन्छ भन्ने कुरा दिइएको छ ।

तपाईँले प्रविष्टि गरेको १० सङ्ख्याहरू स्तम्भमा A र B (A1:A10 र B1:B10)लाई मिलान गर्नुहोस्, र C स्तम्भमा प्रत्येक पङ्क्तिको जोड गणना गरे जस्तो मिलान गर्नुहोस् ।

  1. माउसको प्रयोग गरि, दायरा C1:C10 चयन गर्नुहोस्, जसमा परिणामहरू प्रदर्शित हुनुपर्दछ ।

  2. F2 थिच्नुहोस्, वा सूत्रपट्टीको आगत रेखामा क्लिक गर्नुहोस् ।

  3. बराबर सङ्केत (=) प्रविष्ट गर्नुहोस् ।

  4. जोड सूत्रका लागि पहिला मानहरू समावेश भएका दायरा A1:A10 चयन गर्नुहोस् ।

  5. सङ्ख्यात्मक कुञ्जीप्याडबाट (+)कुञ्जी थिच्नुहोस् ।

  6. कक्षहरू B1:B10 भित्र दोस्रो स्तम्भमा सङ्ख्याहरू चयन गर्नुहोस् ।

  7. म्याट्रिक्स कुञ्जी संयोजनसँगै आगत समाप्त गर्नुहोस्: Shift++Enter.

म्याट्रिक्स क्षेत्र स्वत:रूपले परिमार्जनहरू सँग सुरक्षित भएका छन्, जस्तै पङ्क्तिहरू वा स्तम्भहरू मेटाउँदा । यो, त्यसैले, कुनै ढाँचा गर्दा सम्पादन गर्नका लागि उपयुक्त छ, जस्तै कक्ष पृष्ठभूमि ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!