REPLACE

पाठ स्ट्रिङको खण्ड फरक पाठ स्ट्रिङमा प्रतिस्थापन गर्दछ । यो प्रकार्य क्यारेक्टरहरू र सङ्ख्याहरू दुवै (जुन स्वत:रूपमै पाठमा रूपान्तरण हुन्छन्) प्रतिस्थापन गर्नलाई प्रयोग गर्न सकिन्छ । यो प्रकार्यको परिणाम प्राय पाठको रूपमा प्रदर्शन हुन्छ । यदि तपाईँंले सङ्ख्यासहित अगाडिका गणनाहरू सम्पादन गर्ने विचार गरेको खण्डमा जुन पाठद्वारा पनिलेनै प्रतिस्थापन भइसकेको हुन्छ । तपालाई यसको पछाडि सङ्ख्यामा रूपान्तरण गर्नलाई VALUEप्रकार्य को प्रयोग आवश्यक हुन्छ ।

यदि तपाईँंले यसलाई सङ्ख्याको रूपमा वर्णन गर्न नचाहेको खण्डमा र स्वचालित रूपमा पाठमा रूपान्तरण भएको खण्डमा कुनै पनि पाठ समावेश सङ्ख्याहरू उद्धरण चिनोमा संलग्न गर्न जरुरी छ ।

वाक्य संरचना

REPLACE(पाठ; स्थिति; लम्बाइ; नयाँपाठ)

पाठले पाठमा सान्दर्भित गर्दछ जसको खन्डमा प्रतिस्थापन गर्नुपर्नेछ ।

स्थिति ले स्थितिमा पाठ भित्र सान्दर्भित गर्दछ जहाँबाट प्रतिस्थापन सुरु हुन्छ ।

लम्बाइ पाठमा प्रतिस्थापन गर्नुपर्ने क्यारेक्टरहरूको सङ्ख्या हो ।

नयाँ पाठ पाठमा सान्दर्भित गर्दछ जसले पाठ प्रतिस्थापन गर्दछ ।

उदाहरण

=REPLACE("1234567";1;1;"444") ले "४४४२३४५६७" फर्काउँदछ । पूर्ण नयाँ पाठद्वारा स्थिति १ मा एउटा क्यारेक्टर प्रतिस्थापन गरेको हुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!