"*" Operator

दुई मानहरू गुणन गर्दछ ।

वाक्य संरचना:


परिणाम = अभिव्यक्ति१ * अभिव्यक्ति २

परामितिहरू:

परिणाम:सङ्ख्यात्मक अभिव्यक्ति जसले गुणनको परिणाम रेकर्ड गर्दछ ।

अभिव्यक्ति१, अभिव्यक्ति२: तपाईँले गुणन गर्न चाहनु भएको कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू ।

उदाहरण:


Sub ExampleMultiplication1
    Print 5 * 5
End Sub
 
Sub ExampleMultiplication2
Dim iValue1 As Integer
Dim iValue2 As Integer
    iValue1 = 5
    iValue2 = 10
    Print iValue1 * iValue2
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!