XOR Operator

दुई अभिव्यक्तिहरूको संयोजनमा लोजिकल अनन्य-वा कार्यसम्पादन गर्दछ ।

वाक्य संरचना:


Result = Expression1 XOR Expression2

परामितिहरू:

परिणाम:कुनै सङ्ख्यात्मक चल जसले संयोजनहरूको परिणाम समावेश गर्दछ ।

अभिव्यक्ति१, अभिव्यक्ति२: तपाईँले संयोजन गर्न चाहनु भएको कुनै सङ्ख्यात्मक अभिव्यक्तिहरू ।

यदि दुबै अभिव्यक्तिहरू एक अर्कामा फरक छन् भने दुई बुलियन अभिव्यक्तिहरूको लोजिकल अनन्य-Or योजकमा सत्य मान मात्र फर्काउँछ ।

यदि अनुरूप बिट दुई मध्ये एउटा मात्र अभिव्यक्तिमा सेट भएको खण्डमा विट अनुसार अनन्य-Or योजकले बिट फर्काउँछ ।

उदाहरण:


Sub ExampleXOR
Dim vA As Variant, vB As Variant, vC As Variant, vD As Variant
Dim vOut As Variant
    vA = 10: vB = 8: vC = 6: vD = Null
    vOut = vA > vB XOR vB > vC ' returns 0
    vOut = vB > vA XOR vB > vC ' returns -1
    vOut = vA > vB XOR vB > vD ' returns -1
    vOut = (vB > vD XOR vB > vA) ' returns 0
    vOut = vB XOR vA ' returns 2
End Sub

कृपया हामीलाई समर्थन गर्नुहोस्!