स्वत:ढाँचा र स्वत:सुधार बन्द गर्दा

पूर्वनिर्धारितबाट, LibreOffice स्वत: थुप्रै टाइपिङ त्रुटिहरू सुधार गर्दछ र तपाईँले टाइप गरेको बेला ढाँचा लागू गर्दछ ।

स्वत:सुधार सूचीबाट शव्द हटाउनुहोस्:

  1. उपकरणहरू - स्वत:सुधार रोज्नुहोस्।

  2. प्रतिस्थापन ट्याब क्लिक गर्नुहोस् ।

  3. स्वत:सुधार सूचीमा, हटाउन चाहनु भएको शव्द जोडा चयन गर्नुहोस् ।

  4. मेट्नुहोस् क्लिक गर्नुहोस् ।

बदलिएका उद्धरण चिन्हहरू रोक्नका लागि:

  1. उपकरणहरू - स्वत:सुधार- स्वत:सुधार विकल्पहरूरोज्नुहोस्।

  2. अनुकूल उद्धरणहरू ट्याब क्लिक गर्नुहोस्

  3. "प्रतिस्थापन" चेक बक्स(हरू) खाली गर्नुहोस्।

वाक्यको पहिलो अक्षर ठूलो पार्न रोक्नका लागि:

  1. उपकरणहरू-स्वत:सुधार विकल्पहरूरोज्नुहोस्।

  2. विकल्प ट्याब क्लिक गर्नुहोस् ।

  3. "प्रत्येक वाक्यको पहिलो अक्षर क्यापिटलाइज गर्नुहोस्" चेक बक्स खाली गर्नुहोस्।

तपाईँले तीन उस्तै क्यारेक्टरहरू टाइप गर्दा एउटा लाइन रेखाचित्र रोक्नका लागि:

जब तपाईँले तलका तीन क्यारेक्टरहरू टाइप गर्नुहुन्छ र प्रविष्टि थिच्दा: - _ = * ~ # , LibreOffice स्वत: एउटा चित्र कोर्दछ

  1. उपकरणहरू - स्वत:सुधार- स्वत:सुधार विकल्पहरूरोज्नुहोस्।

  2. विकल्प ट्याब क्लिक गर्नुहोस् ।

  3. "किनारा लागू गर्नुहोस्" जाँच बाकस खाली गर्नुहोस्।

स्वत:पाठ प्रयोग गर्दा

पाठ भित्र चित्र लाइनहरू

तालिकाहरूमा सङ्ख्या पहिचान सुरु वा बन्द गर्दा

Please support us!