डेटा

डेटा ट्याब पृष्ठले फारममा लिङ्क गरिएको डाटाबेसलाई सन्दर्भ गर्ने फारम गुणहरू परिभाषित गर्दछ।

डेटा स्रोत परिभाषित गर्दछ जसमा फारम आधारित भएको हुन्छ, वा प्रयोगकर्ताद्वारा डेटा सम्पादन गर्न सकिन्छ कि भन्ने वर्णन गर्दछ। क्रम र फिल्टर कार्यहरू बाहेक,तपाईँंले एउटा सहायक फारम सिर्जना गर्नका लागि सबै आवश्यक गुणहरू फेला पार्नुहुनेछ।

यो आदेश पहुँच गर्न...

Open context menu of a selected form element - choose Form - Data tab.

Open Form Controls toolbar or Form Design toolbar, click Form icon - Data tab.


SQL आदेश विश्लेषण गर्नुहोस

SQL कथन LibreOffice द्वारा मूल्यांकन गरिनुपर्छ कि भन्ने वर्णन गर्दछ। यदि हो मा सेट गर्ने हो भने तपाईँंले सामग्री सूची बाकसभन्दा अगाडि ... बटन क्लिक गर्नुहोस। यसले एउटा सञ्झ्याल खोल्दछ जहाँ तपाईँंले भौगोलिक तरीकाले एउटा डाटाबेस सिर्जना गर्न सक्नुहुन्छ। जब तपाईँंले सञ्झ्याल बन्द गर्नुहुन्छ, सिर्जना गरिएको क्वेरीका लागि SQL कथन सामग्री सूची बाकसमा घुस्ने छ।

क्रमबद्ध गर्नुहोस

फारममा डेटा क्रमबद्ध गर्नका लागि सर्तहरू वर्णन गर्दछ। क्रम सर्तहरूको विशेषताहरूले ORDER BY पद प्रयोग नगरिकन SQL नियमहरू पछ्याउँदछ। उदाहरणका लागि, यदि तपाईँंले डाटाबेसको सबै रेकर्डहरू एउटा फाँटमा बढ्दो क्रममा र अर्को फाँटमा घट्दो क्रममा क्रमबद्ध गर्न चाहनुहुन्छ भने,पहिलो नाम ASC, नाम DESC प्रविष्टि गर्नुहोस(पहिलो नाम र नाम लाई डेटा फाँटहरूको नाम मानेर)।

The appropriate icons on the Forms Bar can be used in User mode to sort: Sort Ascending, Sort Descending, Sort.

चक्र

ट्याब कुञ्जी प्रयोग गरेर कसरी नेभिगेसन गर्नै भन्ने कुरा निर्धारण गर्दछ। ट्याब कुञ्जी प्रयोग गरेर , तपाईँं फारममा अघिल्तिर जान सक्नुहुन्छ। यदि तपाईँंले एकै साथ Shift कुञ्जी थिच्नु भयो भने,नेभिगेसन ले विपरित दिशा पछ्याउने छ। यदि तपाईँं अन्तिम(वा पहिलो) फाँटमा पुग्नुभयो भने र ट्याब कुञ्जी पुन: थिच्नुभयो भने,यसमा बिभिन्न प्रभावहरू हुन सक्दछन। कुञ्जी नियन्त्रणलाई निम्न विकल्प सँग परिभाषित गर्नुहोस:

विकल्प

अर्थ

पूर्वनिर्धारित

सेटिङले स्वत:रूपले एउटा चक्र परिभाषित गर्दछ जसले एउटा अवस्थित डाटाबेस लिङ्क लाई पछ्याउँदछ: यदि फारममा एउटा डाटाबेस लिङ्क समाविष्ट छ भने,पूर्वनिर्धारित द्वारा,ट्याब कुञ्जीले पहिलो वा अर्को रेकर्डलाई अन्तिम फाँटबाट( सबै रेकर्ड हेर्नुहोस) निकास फारममा परिवर्तन प्रारम्भ गर्ने छ। यदि त्यहाँ कुनै डाटाबेस लिङ्क नभएमा अर्को/अघिल्लो फारम देखाईन्छ(हालको पृष्ठ हेर्नुहोस)।

सबै रेकर्डहरू

यो विकल्प डाटाबेस फारमहरूमा मात्र लागू हुन्छ र सबै रेकर्डहरूबाट नेभिगेट गर्नका लागि प्रयोग हुन्छ। यदि तपाईँंले फारमको अन्तिम फाँटबाट निस्कनका लागि ट्याब कुञ्जी प्रयोग गरेमा,हालको रेकर्ड परिवर्तन हुन्छ।

रेकर्ड सक्रिय गर्नुहोस्

यो विकल्प डाटाबेस फारमहरूमा मात्र लागू हुन्छ, र हालको रेकर्ड भित्र नेभिगेट गर्नका लागि प्रयोग हुन्छ। यदि तपाईँंले फारमको अन्तिम फाँटबाट निस्कनका लागि ट्याब कुञ्जी प्रयोग गर्नुहुन्छ भने,हालको रेकर्ड परिवर्तन हुन्छ।

हालको पृष्ठ

एउटा फारमको अन्तिम फाँटबाट निकासमा, कर्सर अर्को फारममा पहिलो फाँटमा फड्किन्छ। यो HTML फारमहरूका लागि मानक हो,त्यसकारण, विकल्प विशेष रूपले HTML फारमहरूका लागि उपयुक्त हो।


डेटा मात्र थप्नुहोस

यदि फारममात्रले नया डेटा(हो)को थप समर्थन गर्दछ वा यदि यसले अरू गुण (हैन) साथै समर्थन गर्दछ भन्ने निर्धारण गर्दछ।

द्रष्टव्य प्रतिमा

यदि डेटा मात्र थप गर्नुहोस लाई "Yes"मा सेट गर्नु छ भने, डेटा परिवर्तन वा मेटाउन सम्भव छैन।


डेटा स्रोत

फारम सन्दर्भ गर्नुपर्नेमा डेटा स्रोत परिभाषित गर्दछ। यदि तपाईँंले ... बटन क्लिक गर्नुभयो भने, तपाईँं खोल्नुहोस संवाद वोलाउनुहोस, जहाँ तपाईँंले एउटा डेटा स्रोत रोज्न सक्नुहुन्छ।

थपहरू समर्थन गर्नुहोस

यदि डेटा थप गर्न सकिएमा निर्धारण गर्दछ।

नेभिगेसन पट्टी

तल्लो फारम पट्टीमा कार्य प्रयोग गर्न सकिन्छ कि भन्ने वर्णन गर्दछ।

"Parent Form" विकल्प सहायक फारमहरूका लागि प्रयोग हुन्छ। यदि तपाईँंले यो विकल्प सहायक फारमका लागि प्रयोग गर्नुहुन्छ भने यदि कर्सर सहायक फारममा राखिएको छ भने तपाईँंले मुख्य फारमको रेकर्डहरू प्रयोग गरेर नेभिगेट गर्न सक्नुहुन्छ। एउटा सहायक फारम प्रमूल फारममा १:१ सम्बन्धले लिङ्क भएको छ,त्यसकारण नेभिगेसन जहिले पनि प्रमूल फारममा पूरा गरिन्छ।

परिमार्जनहरू समर्थन गर्नुहोस

यदि डेटा परिमार्जन गर्न सकिन्छ कि भन्ने निर्धारण गर्दछ।

फिल्टर

फारममा डेटा फिल्टर गर्नका लागि आवश्यक सर्तहरू प्रविष्टि गर्नुहोस। फिल्टर विशेषताले SQL नियमलाई WHERE योजक प्रयोग नगरिकन पछ्याउँदछ। उदाहरणका लागि, यदि तपाईँंले सबै रेकर्डहरू "Mike" फोरनेम सँग प्रदर्शन गर्न चाहनुहुन्छ भने,डेटा फाँट भित्र टाइप गर्नुहोस: फोरनेम = 'माईक' । तपाईँंले सर्तहरू पनि संयोजन गर्न सक्नुहुन्छ: फोरनेम = माईक OR फोरनेम = पेटर । यि दुई सर्तहरू सँग मिल्ने सबै रेकर्डहरू प्रदर्शित हुनेछन।

फिल्टर प्रकार्य स्वत: फिल्टरDefault Filter icons on the फारम पट्टी हुदै प्रयोगकर्ता मोडमा उपलब्ध हुन्छ ।

मुख्य फाँटहरू लिङ्क गर्नुहोस

यदि तपाईँंले एउटा सहायक फारम सिर्जना गर्नु भयो भने,प्रमूल फारम र सहायकफारम बीचमा समक्रमणका लागि उत्तरदायी प्रमूल फारमको डेटा फाँट प्रविष्टि गर्नुहोस। बहु मानहरू प्रविष्टि गर्नका लागि,हरेक आगत हरफ पछि शिफ्ट + प्रविष्ट थिच्नुहोस।

सहायक फारम एउटा SQL क्वेरी मा आधारित छ, अझ विशेष रूपले,एउटा परामिति क्वेरी मा आधारित हुन्छ। यदि एउटा फाँट नाम मुख्य फाँट लिङ्क गर्नुहोस बाकसमा प्रविष्टि भएमा,मुख्य फाँटको त्यो फाँटमा समाविष्ट डेटा एउटा चल लाई पढ्दछ जसलाई तपाईँंले स्लेभ फाँटहरू लिङ्क गर्नुहोसमा प्रविष्टि गर्न सक्नुहुन्छ। उपयुक्त SQL कथनमा,यो चललाई सहायक फारम सन्दर्भ गर्ने तालिका डेटा सँग तुलना गरिन्छ। विपरित तरीकाले,तपाईँंले मुख्य फाँट लिङ्क गर्नुहोसबाकसमा स्तम्भ नाम प्रविष्टि गर्न सक्नुहुन्छ।

निम्न उदाहरणहरू विचार गर्नुहोस:

फारम आधारित डाटाबेस तालिका,उदाहरणका लागि,एउटा ग्राहक डाटाबेस("Customer"),जहाँ हरेक ग्राहकलाई एउटा डेटा फाँटमा अद्वितिय नम्बर "Cust_ID" दिइएको डाटाबेस तालिका हो। एउटा ग्राहकको क्रमहरू अर्को डाटाबेस तालिकामा सम्हालेर राखिन्छ। तपाईँंले अब हरेक ग्राहकको क्रम तिनीहरूलाई फारम भित्र प्रविष्टि गरिसकेपछि देख्न चाहनुहुन्छ। यो कार्य गर्नका लागि तपाईँंले एउटा सहायक फारम सिर्जना गर्नुपर्दछ। स्लेभ फाँटहरू लिङ्क गर्नुहोस अन्तर्गत ग्राहक डाटाबेसबाट डेटा फाँट प्रविष्टि गर्नुहोस जसले ग्राहकलाई राम्रो सँग चिनाउँदछ,त्यो ग्राहक आइडि हो। स्लेभ फाँटहरू लिङ्क गर्नुहोस अन्तर्गत एउटा चलको नाम प्रविष्टि गर्नुहोस जुन फाँट ग्राहक आइडिको डेटा प्रविष्टि को लागि हो, उदाहरणका लागि,x.

सहायक फारमले हरेक ग्राहक आई डि (Customer_ID -> x) का लागि क्रमहरू तालिकाबाट उपयुक्त डेटा देखाउनु पर्दछ । यो सम्भव हुनका लागि हरेक क्रम अद्वितिय तरीकाले क्रमहरू तालिकामा एउटा ग्राहकमा मानाङ्कन गर्नुपर्दछ। विपरित तरीकाले, तपाईँंले ग्राहक आइडि भनिने अर्को फाँट प्रयोग गर्न सक्नुहुन्छ;यधपि,यो फाँट मुख्य फारमको उस्तै फाँटसँग नझुक्कियोस भनेर, फाँटलाई ग्राहक सङ्ख्या भनिन्छ।

अव Customer_Number लाई "Orders" मा "Customers" तालिकाबाट ग्राहक आइडीसँग दाज्नुहोस,जुन कार्य गर्न सकिन्छ, उदाहरणका लागि, x चल निम्न SQL कथनसँग प्रयोग गरेर:

SELECT * FROM Orders WHERE Customer_Number =: x (यदि तपाईँंले क्रमहरू तालिकाबाट सबै डेटा देखाउनका लागि सहायक फारम चाहनुहुन्छ भने)

वा:

SELECT Item FROM Orders WHERE Customer_Number =: x(क्रमहरू तालिकाबाट "Item" फाँटमा समाविष्ट डेटा मात्र देखाउनका लागि यदि तपाईँंले सहायक फारम चाहनुहुन्छ भने)

SQL कथन या Data source फाँटमा घुसाउन सकिन्छ,वा तपाईँंले सान्दर्भिक परामिति सिर्जना गर्न सक्नुहुन्छ भने,जुन सहायकफारम सिर्जना गर्नका लागि प्रयोग गर्न सकिन्छ।

मेट्ने कार्यहरू समर्थन गर्नुहोस

यदि डेटा मेट्न सकिन्छ कि भन्ने निर्धारण गर्दछ।

सामग्री

फारममा प्रयोग हुनका लागि सामग्री निर्धारण गर्दछ। सामग्री अवस्थित तालिका वा एउटा क्वेरी पनि हुन सक्दछ, वा यो एउटाSQL-कथनद्वारा परिभाषित पनि हुन सक्दछ। तपाईँं सामग्रीमा प्रविष्टि गर्नुभन्दा पहिले तपाईँंले सामग्री प्रकारमा ठीक प्रकार परिभाषित गर्नुपर्दछ।

यदि तपाईँंले सामग्री प्रकारमा "Table" वा "Query" चयन गर्नुभयो भने,बाकसले सबै तालिकाहरू र चयन गरिएको डाटाबेसमा क्वेरीहरू सेटअप सूचीकृत गर्दछ।

सामग्री प्रकार

एउटा डाटाबेस स्रोत अवस्थित डाटाबेस तालिका वा क्वेरी हुनु पर्दछ भन्ने वर्णन गर्दछ, यदि फारम SQL कथनमा आधारित भएर उत्पन्न हुनु पर्दछ भन्ने कुरा परिभाषित गर्दछ।

यदि तपाईँंले "Table" वा "Query" रोज्नुहुन्छ भने,फारमले तालिका वा क्वेरीमा सन्दर्भ गर्दछ जुन तपाईँंले सामग्री अन्तर्गत वर्णन गर्नुहुन्छ। यदि तपाईँंले एउटा नयाँ क्वेरी वा एउटा सहायक फारम सिर्जना गर्न चाहनुहुन्छ भने,त्यसपछि तपाईँंले "SQL" विकल्प रोज्नु पर्दछ। तपाईँंले त्यसपछि SQL क्वेरीका लागि वा सहायक फारमका लागि नियन्त्रण गुणहरू डेटा ट्याब पृष्ठको सूची सामग्रीमा सीधै कथन प्रविष्टि गराउन सक्नुहुन्छ।

स्लेभ फाँटहरू लिङ्क गर्नुहोस

यदि तपाईँंले एउटा सहायक फारम सिर्जना गर्नुहुन्छ भने,प्रमूल फारम फाँटबाट संभाव्य मानहरू सङ्ग्रह गर्न सकिने चल प्रविष्टि गर्नुहोस। यदि एउटा फारम एउटा क्वेरीमा आधारित भएमा, तपाईँंले क्वेरीमा परिभाषित गरिएको चल प्रविष्टि गर्नुहोस।यदि तपाईँंले डेटा स्रोतफाँटमा प्रविष्टि गरिएको एउटा SQL कथन प्रयोग गरेर एउटा फारम सिर्जना गर्नहुन्छ भने,तपाईँंले कथनमा प्रयोग गर्नुभएको चल प्रविष्टि गर्नुहोस। तपाईँंले कुनै चलनाम रोज्न सक्नुहुन्छ। यदि तपाईँंले बहु मानहरू प्रविष्टि गर्न चाहनुहुन्छ भने,शिफ्ट + प्रविष्ट थिच्नुहोस।

यदि,उदाहरणका लागि,तपाईँंले Link master fields अन्तर्गत Customer_ID डाटाबेसलाई प्रमूल फाँटको रूपमा वर्णन गर्नु भयो भने,त्यसपछि तपाईँंले Link slave fields अन्तर्गत चलको नाम वर्णन गर्न सक्नुहुन्छ जसमा ग्राहक आइडि डाटाबेस फाँटको मानहरू भण्डारण हुनु पर्दछ। यदि तपाईँंले अहिले चल प्रयोग गरेर डेटा स्रोत बाकसमा एउटा SQL कथन वर्णन गर्नुहुन्छ भने,उपयुक्त मानहरू सहायक फारममा प्रदर्शित हुन्छन।

सहायक फारम के हो?

फारमहरू डाटाबेस तालिका वा डाटाबेस क्वेरीमा आधारित भएर सिर्जना भए। तिनीहरूले डेटा लाई दृश्यात्मक खुसी फेसन मा प्रदर्शन गर्दछन र डेटा प्रविष्टि गर्नका लागि वा सम्पादन गर्नका लागि प्रयोग गर्न सकिन्छ।

यदि तपाईँंलाई तालिका वा क्वेरीमा सन्दर्भ गर्न सक्ने र थप अर्को तालिकाबाट डेटा प्रदर्शन गर्न सक्ने फारम चाहिएमा,तपाईँंले एउटा सहायक फारम सिर्जना गर्नु पर्दछ। उदाहरणका लागि,यो सहायक फारम एउटा पाठ बाकस हुन सक्दछ जसले अर्को डाटाबेस तालिकाको डेटा प्रदर्शन गर्दछ।

एउटा सहायक फारम मुख्य फारमको थप सामग्री हो। मुख्य फारमले "parent form" वा "master" बोलाउन सकिन्छ। तपाईँंले एउटा फारमबाट एउटा भन्दा बढी तालिका पहुँच गर्न चाहने वित्तिकै सहायक फारमहरू आवश्यक हुन्छ। हरेक थप तालिका लाई यसको सहायक फारम आवश्यक पर्दछ।

एउटा फारम सिर्जना गरिसकेपछि,यसलाई एउटा सहायक फारममा परिवर्तन गर्न सकिन्छ। यो कार्य गर्नका लागि,डिजाइन मोड प्रविष्टि गर्नुहोस र फारम नेभिगेटर खोल्नुहोस। फारम नेभिगेटरमा,एउटा फारम(त्यो एउटा सहायक फारम बन्ने छ)कुनै अर्को फारम(त्यो मुख्य बन्ने छ)तान्नुहोस।

कागजातको प्रयोगकर्ताले फारममा सहायक फारम भएको देख्ने छैनन। प्रयोगकर्ताले एउटा कागजातमा प्रविष्टि गरिएको डेटा वा अवस्थित प्रदर्शन भईरहेको डेटा मात्र देख्दछन।

मुख्य फारममा लिङ्क मुख्य फाँटबाट डेटा फाँटहरू वर्णन गर्नुहोस। सहायक फारममा, लिङ्क स्लेभ फाँट एउटा फाँटको रूपमा सेट गर्न सकिन्छ जुन लिङ्क मुख्य फाँट सँग मिल्नेछ।

जब प्रयोगकर्ताले डेटाबाट नेभिगेट गर्दछ,फारमले सधै हालको डेटा रेकर्ड प्रदर्शन गर्दछ। यदि त्यहाँसहायकफारम परिभाषित गरिएको भए,सहायक फारमहरूको सामग्रीहरू अन्दाजी २०० ms को छोटो ढिलाई पछि प्रदर्शित हुने छ।यो ढिलाईले तपाईँंलाई मुख्य फारमको डेटा रेकर्डबाट छिटो ब्राउज गर्न सक्षम पार्दछ। यदि तपाईँंले ढिलाई सिमा भित्र अर्को मुख्य डेटा रेकर्ड नेभिगेट गर्नुहुन्छ भने,सहायक फारम डेटा पुन: प्राप्त गर्नु र प्रदर्शन गर्नु आवश्यक हुँदैन।

Please support us!