सन्दर्भ सूची सिर्जना गरिँदै

सन्दर्भ सूची कार्यहरूको सूची हो जुन तपाईँले कागजातमा सन्दर्भ गर्नुभयो ।

सन्दर्भ सूची सूचना बचत गर्दा

LibreOffice ले सन्दर्भ सूची डाटाबेसमा वा व्यक्तिगत कागजातमा, सन्दर्भ सूची सूचना सङ्ग्रह गर्दछ ।

सन्दर्भ सूची डाटाबेसमा सूचना बचत गर्न:

  1. उपकरणहरू - सन्दर्भ सूची डाटाबेसरोज्नुहोस् ।

  2. घुसाउनुहोस् - रेकर्डरोज्नुहोस् ।

  3. सन्दर्भ सूची प्रविष्टिहरूका लागि छोटो नाम बाकसमा नाम प्रविष्ट गर्नुहोस् , र बाँकी बाकसहरूको रेकर्डमा थप सूचना थप गर्नुहोस्।

  4. सन्दर्भ सूची डाटाबेस सञ्झ्याल बन्द गर्नुहोस्।

व्यक्तिगत कागजातमा सन्दर्भ सूची सूचना सङ्ग्रह गर्न:

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ सन्दर्भ सूची प्रविष्टि थप्न चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टि रोज्नुहोस् ।

  3. कागजात सामाग्रीबाटचयन गर्नुहोस् र नयाँक्लिक गर्नुहोस् ।

  4. सन्दर्भ सूची प्रविष्टिका लागि छोटो नाम बाकसमा नाम टाइप गर्नुहोस्।

  5. प्रकार बाकसमा रेकर्डका लागि प्रकाशन स्रोत चयन गर्नुहोस् र बाँकी बाकसहरूमा थप सूचना थप गर्नुहोस्।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

  7. सन्दर्भ सूची प्रविष्टि घुसाउनुहोस् संवादमा,घुसाउनुहोस्, र बन्द गर्नुहोस्क्लिक गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

तपाईँंले ग्रन्थ सूची प्रविष्टीहरू सम्मिलित एउटा कागजात वचत गर्दा,अनुरूप रेकर्डहरू कागजात भित्र एउटा लुकेको फाँटमा स्वत:तरीकाले वचत हुन्छ।


सन्दर्भ सूची डाटाबेसबाट सन्दर्भ सूची प्रविष्टिहरू घुसाउँदा

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ सन्दर्भ सूची प्रविष्टि थप्न चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टिरोज्नुहोस् ।

  1. सन्दर्भ सूची डाटाबेसबाटचयन गर्नुहोस् ।

  2. सन्दर्भ सूची प्रविष्टिको नाम चयन गर्नुहोस् जुन तपाईँ Shorn name(छोटो नाम)बाकसमा प्रविष्टि गर्न चाहनुहुन्छ ।

  3. घुसाउनुहोस् क्लिक गर्नुहोस् र त्यसपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।