वस्तुहरू अवस्थित गर्दा

कागजातमा एउटा वस्तु, ग्राफिक, वा फ्रेम अवस्थित गर्न तपाईँ एङ्करहरू प्रयोग गर्न सक्नुहुन्छ । एङ्कर गरिएको वस्तु स्थानमा रहन्छ, कागजात परिमार्जन गर्दा सर्दछ । निम्न एङ्करिङ विकल्प उपलब्ध छन्:

एङ्कर गर्दै

प्रभाव

क्यारेक्टरको रूपमा

हालको पाठमा क्यारेक्टरको रूपमा चयन भएको वस्तु एङ्कर गर्दछ । हालको फन्ट साइज भन्दा यदि चयन गरिएको वस्तुको उचाइ बढी छ भने, वस्तु समाविष्ट भएको रेखाको उचाइ वृद्धि हुन्छ ।

एउटा HTML पृष्ठमा एउटा छवि केन्द्र गर्न, छवि घुसाउनुहोस्, "as character" एङ्कर गर्नुहोस्, त्यसपछि अनुच्छेद केन्द्र गर्नुहोस् ।

क्यारेक्टरमा

क्यारेक्टरमा चयन गरिएका वस्तु एङ्कर गर्दछ ।

अनुच्छेदमा

हालको अनुच्छेदमा चयन गरिएका चीज एङ्कर गर्दछ ।

पृष्ठमा

हालको पृष्ठमा चयन गरिएका चीज एङ्कर गर्दछ ।

फ्रेममा

वरिपरि फ्रेममा चयन गरिएका चीज एङ्कर गर्दछ ।


जब तपाईँ वस्तु घुसाउनुहुन्छ, ग्राफिक, वा फ्रेम, एङ्कर प्रतिमा देखिन्छ जहाँ चीज एङ्कर हुन्छ। अर्को स्थानमा वस्तु तानेर तपाईँ एङ्कर गरिएको वस्तु अवस्थित गर्न सक्नुहुन्छ। एउटा वस्तुको एङ्करिङ विकल्प परिवर्तन गर्नका लागि, वस्तुमा दायाँ-क्लिक गर्नुहोस्, र एङ्कर उपमेनुबाट विकल्प रोज्नुहोस्।