LibreOffice इम्प्रेस विशेषताहरू

LibreOffice इम्प्रेसले तपाईँलाई पेशागत स्लाईड देखाउने सिर्जना गर्न अनुमति दिन्छ जसमा चित्रपटहरू, रेखाचित्र वस्तु, पाठ, मल्टिमिडिया र विभिन्न प्रकारमा अरू वस्तुहरू समावेस हुन्छ । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँले आयात गर्न र माइक्रोसफ्ट पावर प्बाइट प्रस्तुतीकरण परिमार्जन गर्न सक्नुहुन्छ ।

पर्दामा स्लाईड देखाउनका लागि, एनिमेशन, स्लाईड परिवर्तन गर्न र मल्टिमिडियाद्वारा तपाईँले आफ्नो प्रस्तुतीकरणलाई धेरै नै रमाईलो पार्न सक्नु हुन्छ ।

भेक्टर ग्राफिक्स सिर्जना गर्दा

LibreOffice कोर्नेमा भेक्टर ग्राफिक्स सिर्जना गर्नका लागि धेरै उपकरणहरू LibreOffice इम्प्रेसमा उपलब्ध छ ।

स्लाईडहरू सिर्जना गर्दा

LibreOffice इम्प्रेसले तपाईँलाई टेम्प्लेट सहित पेशागत-रूपको देखिने स्लाईहरू सिर्जना गर्न उपलब्ध गर्दछ ।

तपाईँले आफ्नो स्लाईडहरूमा असङ्ख्य गतिशिल प्रभावहरू, एनिमेसन र परिवर्तन प्रभावहरू सहित मानाङ्कन गर्न सक्नु हुन्छ ।

प्रस्तुतीकरणहरू सिर्जना गर्दा

जब तपाईँले स्लाईड देखाउने डिजाइन गर्नुहुन्छ, धेरै दृश्य र पृष्ठहरू उपलब्ध हुन्छन् । उदाहरणका लागि, स्लाईड क्रमबद्व गर्नेले थम्बनेल फाराममा तपाईँको स्लाईडहरूको समीक्षा प्रदर्शन गर्दछ, जब ह्यान्डआउट पृष्ठमा तपाईँले दर्शकहरूलाई वितरण गर्न चाहनु भएको स्लाईड र पाठ दुवै समावेस हुन्छ ।

LibreOffice इम्प्रेसले तपाईँको स्लाईड देखाउने समयमा पूर्वाभ्यास गर्न पनि तपाईँलाई अनुमति दिन्छ ।

प्रस्तुतीकरणहरू प्रकाशित गर्दा

तपाईँले आफ्नो स्लाडहरू पर्दामा , ह्यान्डआउट, वा HTML कागजातको रूपमा प्रकाशित गर्न सक्नुहुन्छ ।

प्रस्तुतीकरणहरू दिदै

LibreOffice इम्प्रेसले तपाईँलाई स्लाईड देखाउने स्वचालित तरीकाले वा म्यानुअल तरीकाले चलाउन रोज्न दिन्छ ।