स्तरहरू सँग कार्य गर्दा

LibreOffice रेखाङ्कन समर्थन तहहरूमा रेखाचित्रहरू ।

स्तर चयन

स्तर चयन गर्नका लागि, कार्यस्थानको तलको स्तरको नाम ट्याब क्लिक गर्नुहोस् ।

टिप प्रतिमा

स्तरको गुणहरू सम्पादन गर्नका लागि, स्तर ट्याब डबल-क्लिक गर्नुहोस् ।


स्तरहरू लुकाउँदा

  1. तह चयन गर्नुहोस्, र त्यसपछि ढाँचा - तह रोज्नुहोस् ।

  2. गुणहरू क्षेत्रमा, सफा गर्नुहोस् दृश्यात्मक जाँच बाकस

  3. ठीक छ क्लिक गर्नुहोस् ।

स्तरको नाम ट्याबमा, नामको पाठ रङ निलोमा परिवर्तन हुन्छ ।

टिप प्रतिमा

सिफ्ट कुञ्जी होल गरेको बेला यसको ट्याबमा क्लिक गरेर तपाईँ स्तरलाई दृश्य वा अदृश्य बनाउन सक्नुहुन्छ ।


लुकाइएको स्तरहरू देखाउँदै

  1. लुकेको स्तर चयन गर्नुहोस्, र रोज्नुहोस् ढाँचा - स्तर

  2. गुणहरू क्षेत्रमा, चयन गर्नुहोस् दृश्यात्मक जाँच बाकस

  3. ठीक छ क्लिक गर्नुहोस् ।

स्तरहरू ताल्चा लगाउँदै

  1. तह चयन गर्नुहोस्, र त्यसपछि ढाँचा - तह रोज्नुहोस् ।

  2. गुणहरू क्षेत्रमा, चयन गर्नुहोस् ताल्चा लगाइएको जाँच बाकस ।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

ताल्चा लगाइएको स्तरमा तपाईँ वस्तुहरू सम्पादन गर्न सक्नुहुन्न ।

स्तरहरू ताल्चा नलगाउँदै

  1. ताल्चा लगाइएको स्तर चयन गर्नुहोस्, र छनौट गर्नुहोस् ढाँचा - स्तर.

  2. गुणहरू क्षेत्रमा, सफा गर्नुहोस् ताल्चा लगाइएको जाँच बाकस

  3. ठीक छ क्लिक गर्नुहोस् ।

स्तरहरूको बारेमा

स्तरहरू घुसाउँदा

बिभिन्न स्तरहरूमा वस्तुहरू लैजाँदा