ग्राफिक वस्तुहरू सम्पादन

यदि यो पहिले नै खोलिएको छैन भने चित्र खोल्न लाई दृश्य - उपकरणहरू - चित्र रोज्नुहोस।

चित्र वस्तुहरू क्रमिक रूपले सम्पादन र परिमार्जन गर्न सकिन्छ। यस किसिमबाट सिर्जना गरिएका चित्र वस्तुहरू भेक्टर ग्राफिक्स हुन जुन तपाईँले गुणमा कुनै क्षति नभैकन मापन गर्न सक्नुहुन्छ।

एउटा आयातन सिर्जना गर्नलाई, आयतान प्रतिमा क्लिक गर्नुहोस र कागजात भित्र तपाईँले आयतनको एउटा कुना राख्न चाहेको ठाउँमा कर्सरलाई सार्नुहोस। माउस बटन थिच्नुहोस र आयतनको विपरित कुनामा तानेको बेलामा यसलाई समाईरहनुहोस। जब तपाईँले माउस बटन छोड्नुहुन्छ, आयातन कागजातमा घुस्दछ। यो चयन भएको हुन्छ र तपाईँले यसको गुणहरू प्रसंग मेनुबाट सम्पादन गर्न सक्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

कोर्ने वस्तुहरू सिर्जना र सम्पादन गरिसके पछि सामान्य पाठ मोडमा फर्कनलाई,अरू चित्र वा अन्य वस्तुहरू समाविष्ट नभएको कागजातको एउटा क्षेत्रमा क्लिक गर्नुहोस ।यदि तपाईँले एउटा चित्र कर्सर देख्नुभएमा,पहिले चयन गर्नुहोसप्रतिमा क्लिक गरेर यो मोड बाट निस्कनुहोस।