त्रुटि प्रतिवेदन उपकरण

कुनै कार्यक्रम ध्वस्त हुन गएमा त्रुटि प्रतिवेदन उपकरण स्वत:तरीकाले सुरु हुन्छ। यदि कार्यक्रम एउटा अन्तविहिन लूपमा प्रविष्टि गरेमा,त्यसकारणले यसले माउस क्लिक वा कुञ्जी थिचाईहरूमा कुनै प्रतीक्रिया गर्दैन,तपाईँले त्रुटि प्रतिवेदन उपकरण म्यानुअल तरीकाले सुरु गर्न पनि सक्नुहुन्छ।

त्रुटि प्रतिवेदन उपकरणले कार्यक्रम निर्माताहरू लाई सङ्केत संसोधन गर्न मद्दत गर्ने किसिमका सबै आवश्यक सूचना जम्मा गर्दछ,ताकी पछिका संस्करणहरूमा यो त्रुटि सम्भवत हटाईयोस। कृपया हामीलाई सफ्टवेयर सूधार गर्न मद्दत गर्नुहोस र उत्पन्न भएका त्रुटि प्रतिवेदन पठाउनुहोस।

त्रुटि प्रतिवेदन उपकरण सुरु हुदै

धेरै जसो कार्यक्रम बिनासहरू सँग त्रुटि प्रतिवेदन उपकरण स्वत:तरीकाले सुरु हुनेछ। यधपी, यदि कार्यक्रम काटिएमा र उपकरण स्वत:तरीकाले सुरु नभएमा, तपाईँले उपकरणलाई म्यानुअल तरीकाले सुरु गर्न सक्नुहुन्छ।

प्रतिवेदन पूरा गर्दा

मुख्य त्रुटि प्रतिवेदन उपकरण संवादमा,तपाईँले निर्माताहरूलाई मद्दत गर्न सक्ने केही थप सूचनाहरू प्रविष्टि गर्न सक्नुहुन्छ। उदाहरणका लागि,यदि तपाईँको हार्डवेयर वा सफ्टवेयर परिवर्तन पछि मात्र त्रुटि देखा परेमा वा यदि तपाईँले वटनमा क्लिक गर्नुभएमा, कृपया जानकारी संलग्न गर्नुहोस।

त्रुटि प्रतिवेदन पठाउदै

त्रुटि प्रतिवेदन उपकरणले प्रतिवेदन डेटा पठाउनलाई HTTP PUT / SOAP प्रोटोकल प्रयोग गर्दछ। तपाईँले केही बिवरणात्मक पाठ वैकल्पिक रूपमा प्रविष्टि गर्न सक्नुहुन्छ जस्ले कार्यक्रम ध्वस्त हुनुको प्रसंग चिन्नलाई मद्दत गर्ने छ। त्यसपछि पठाउनुहोस वटन क्लिक गर्नुहोस।

चेतावनी प्रतिमा

तपाईँले तपाईँको त्रुटि प्रतिवेदनलाई एउटा प्रतिवेदन प्राप्त गर्नु हुने छैन। यदि तपाईँलाई समर्थन आवश्यक परेमा,कृपया इन्टरनेटमा समर्थन मञ्च हेर्नुहोस।


तपाईँले बिकासकर्तालाई जानकारी गराईएको त्रुटिको बारेमा हुन सक्ने प्रश्नहरूलाई प्रतीक्रिया गर्नलाई रोज्ने सक्नुहुन्छ। यदि तपाईँले थप जाकारी आवश्यक भएको कुरा इमेल बाट सम्पर्क गर्नका लागि समर्थन प्राप्त हुनुहुन्छ भने जाँच बासक चिनो गर्नुहोस। पूर्वनिर्धारणद्वारा यो जाँच बाकस चिनो हुँदैन, त्यसकारण तपाईँले कुनै इमेल प्राप्त गर्नुहुने छैन।

के डेटा पठाईयो?

त्रुटि जानकारीमा थुप्रै फाइलहरू समाविष्ट हुन्छन। मुख्य फाइलमा त्रुटि प्रकार, सञ्चालन प्रणाली नाम र संस्करणको बारेमा जानकारी हुन्छ।मुख्य फाइलमा के पठाईनेछ भन्ने कुरा हेर्नलाई त्रुटि सूचना उपकरणको संवादमा प्रतिवेदन देखाउनुहोस वटन क्लिक गर्न सक्नुहुन्छ।

यसको अतिरिक्त, उचित स्मरण सामग्रीहरू र थाक चिन्हहरू केही मानक उपकरणहरू ("dbhhelp.dll" विन्डोज प्रणालीहरूमा, "pstack" युनिक्स प्रणालीमा)द्वारा जम्मा गरिन्छ।यो सूचना पठाईने पनि छ।