तालिकाहरू सँग कार्य गर्दा

डेटा तालिकाहरूमा सँग्रह गरियो। एउटा उदाहरणको रूपमा,तपाईँले आफ्नो इमेल ठेगानाहरूका लागि प्रयोग गर्ने ठेगाना पुस्तक एउटा ठेगाना पुस्तक डाटाबेस हो। हरेक ठेगाना चाँहि तालिकामा पङ्क्तिको रूपमा प्रस्तुत गरिएको एउटा डेटा रेकर्ड हो। डेटा रेकर्डहरूमा डेटा फाँटहरू समाबिष्ट हुन्छन,उदाहरणका लागि,पहिलो र अन्तिमा नाम फाँटहरू र इमेल फाँट।

तालिका विजार्ड बाट एउटा नयाँ तालिका सिर्जना गर्दा

LibreOffice मा तपाईँलेतालिका विजार्ड प्रयोग गरेर एउटा नयाँ तालिका सिर्जना गर्न सक्नुहुन्छ:

  1. तपाईँले नयाँ तालिका सिर्जना गर्न चाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।

  2. डाटाबेस सञ्झ्यालको बायाँ फलकमा, तालिकाहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. तालिका सिर्जना गर्नलाई विजार्ड प्रयोग गर्नुहोस रोज्नुहोस।

डिजाइन दृश्य बाट एउटा नयाँ तालिका सिर्जना गर्दा

  1. तपाईँले नयाँ तालिका सिर्जना गर्न चाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।

  2. डाटाबेस सञ्झ्यालको बायाँ फलकमा, तालिकाहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. डिजाइन दृश्यमा तालिका सिर्जना गर्नुहोस क्लिक गर्नुहोस।

तालिका डिजाइन सञ्झ्याल देख्नुहुन्छ।

नयाँ तालिका दृश्य सिर्जना गर्दा

केही डाटाबेस प्रकारहरूले तालिका दृश्यहरू समर्थन गर्दछ । तालिका दृश्य डाटाबेस सँगै भण्डारण गरिएको क्वेरी हो । धेरै डाटाबेस सञ्चालनहरूका लागि, तपाईँले तालिका प्रयोग गरे जस्तै दृश्य प्रयोग गर्न सकिन्छ ।

  1. तपाईँले नयाँ तालिका दृश्य सिर्जना गर्न चाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।

  2. डाटाबेस सञ्झ्यालको बायाँ फलकमा, तालिकाहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. तालिका दृश्य सिर्जना गर्नुहोस् क्लिक गर्नुहोस् ।

तपाईँले दृश्य ढाँचा सञ्झ्याल हेर्नु भयो, जुन क्वेरी ढाँचा सञ्झ्याल सँग उस्तै उस्तै थियो ।