स्वचालित URL चिनारी बन्द गर्दा

जब तपाईँले पाठ प्रविष्टि गर्नुहुन्छ, LibreOffice ले स्वत:तरीकाले एउटा शव्द चिन्न सक्दछ जुन चाँहि URL हुन सक्छ र शव्दलाई हाइपरलिङ्क द्वारा प्रतिस्थापन गर्दछ ।LibreOffice ले हाइपरलिङ्कलाई प्रत्यक्ष फन्ट विशेषताहरू बाट ढाँचावद्ध गर्दछ जसको गुणहरू निश्चित प्रकारको क्यारेक्टर शैलीहरू बाट प्राप्त गरिन्छ।

तपाईँले टाइप गरेजस्तै गरी स्वत:तरीकाले URLs चिन्नका लागि यदि तपाईँले LibreOffice चाहनुहुन्न भने,यो विशेषतालाई बन्द गर्नलाई थुप्रै बाटाहरू छन।

URL चिनारी पूर्वस्थितिमा फर्काउनुहोस

  1. तपाईँले टाइप गरिरहेको बेलामा तपाईँले पाठ स्वत:तरीकाले एउटा हाइपरलिङ्कमा परिवर्तन भएको थाहा पाउनुभएमा, यो ढाँचालाई पूर्वस्थितिमा फर्काउन लाई +Z थिच्नुहोस।

  2. यो सम्म वा पछि यदि तपाईँले यो परिवर्तन थाहा पाउनुहुन्न भने, हाइपरलिङ्क चयन गर्नुहोस र मेनु आदेश ढाँचा - पूर्वनिर्धारित ढाँचा रोज्नुहोस।

URL चिनारी बन्द गर्नुहोस

  1. तपाईँले URL चिनारी परिमार्जन गर्न चाहनुभएको प्रकारको एउटा कागजात लोड गर्नुहोस ।

    यदि तपाईँले पाठ कागजातहरूका लागि तपाईँले URL चिनारी परिमार्जन गर्न चाहनुहुन्छ भने,एउटा पाठ कागजात खोल्नुहोस।

  2. उपकरणहरू - स्वत: सुधार रोज्नुहोस।

  3. स्वत: सुधार संवादमा, विकल्प ट्याब चयन गर्नुहोस।

  4. यदि तपाईँले URL परिचयमा चिनो हटाउनुभयो भने,शव्दहरू हाइपरलिङ्कहरू बाट अब स्वत:तरीकाले प्रतिस्थापन हुने छैनन।

    LibreOffice लेखकमा त्यहाँ URL परिचयको अगाडि दुई जाँच बाकसहरू छन । पहिलो स्तम्भको बाकस पछि सम्पादन-पश्चातका लागि र दोस्रो स्तम्भको बाकस तपाईँले टाइप गरे अनुसार स्वत:शुद्धका लागि हो।