इन्टरनेट एक्सप्लोररमा कागजात प्रदर्शन गर्नलाई सक्रिय एक्स नियन्त्रण

विन्डोज अन्तर्गत मात्र, तपाईँले कुनै LibreOffice कागजात माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोररको एउटा सञ्झ्यालमा हेर्न सक्नुहुन्छ। LibreOffice सेटअप कार्यक्रममा सक्रिय नियन्त्रण स्थापना गर्नुहोस।

सक्रिय एक्स नियन्त्रण स्थापना गर्नुहोस

  1. LibreOffice र क्विकस्टार्टर बन्द गर्नुहोस् ।

  2. विन्डोज कार्यपट्टीमा सुरु बटन क्लिक गर्नुहोस। नियन्त्रण प्यानल रोज्नुहोस।

  3. नियन्त्रण प्यानलमा,कार्यक्रमहरू थप गर्नुहोस वा हटाउनुहोस क्लिक गर्नहोस।

  4. सूचीमा, LibreOffice क्लिक गर्नुहोस् , त्यसपछि परिवर्तन गर्नुहोसक्लिक गर्नुहोस।

  5. स्थापना विजार्डमा,परिमार्जन गर्नुहोस चयन गर्नुहोस।

  6. वैकल्पिक सामग्रीहरू प्रविष्टि खोल्नुहोस र ActiveX नियन्त्रणl प्रविष्टि फेला पार्नुहोस। प्रतिमाको सहायकमेनु खोल्नुहोस र विशेषताहरू स्थापना गर्नका लागि चयन गर्नुहोस।

  7. अर्कोस्थापना क्लिक गर्नुहोस।

LibreOffice कागजातहरू दृश्य गर्दा

  1. इन्टरनेट एक्सप्लोररमा,उदाहरणका लागि, LibreOffice लेखक कागजात सँग लिङ्क समाविष्ट भएको वेब पृष्ठ व्राउज गर्नुहोस।

  2. इन्टरनेट एक्सप्लोरर सञ्झ्यालमा कागजात दृश्य गर्नलाई लिङ्क क्लिक गर्नुहोस।

    तपाईँ आफ्नो हार्डडिस्कमा फाइल बचत गर्नलाई अहिलेसम्म पनि तपाईँ दायाँ-क्लिक लिङ्क गर्न सक्नुहुन्छ।

LibreOffice कागजातहरू सम्पादन

इन्टरनेट एक्सप्लोरर भित्रको LibreOffice कागजातले पढ्ने-मात्र उपकरणपट्टी प्रतिमाहरूको सेट देखाउँछ।

  1. एउटा नयाँ LibreOfficeसञ्झ्यालमा कागजातको प्रतिलिपि खोल्नलाई कागजातको उपकरणपट्टीमा फाइल सम्पादन गर्नुहोस प्रतिमा क्लिक गर्नुहोस।

  2. कागजातको प्रतिलिपि सम्पादन गर्नुहोस।