LDAP Connection

LDAP (लाईटवेट डाईरेक्ट्री पहुँच प्रोटोकल)प्रयोग गरेर एउटा डाटाबेस आयात गर्नका लागि सेटिङहरू बर्णन गर्दछ । यो पृष्ठ तपाईँले यदि LDAP सर्भरलाई एउटा ठेगाना डाटाबेसको रूपमा दर्ता गरेमा मात्र उपलब्ध हुन्छ ।

सर्भर URL

"ldap.server.com" ढाँचा प्रयोग गरेर LDAP सर्भरको नाम प्रविष्ट गर्नुहोस् ।

आधार DN

LDAP डाटाबेस खोजी गर्नलाई सुरु बिन्दु प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि, "dc=com" ।

पोर्ट सङ्ख्या

LDAP सर्भरको पोर्ट प्रविष्ट गर्नुहोस्, सामान्यतया ३८९ हुन्छ ।

सुरक्षित जडान (SSL) प्रयोग गर्नुहोस् ।

Secure Sockets Layer (SSL) बाट एउटा सुरक्षित जडान LDAP सर्भरमा सिर्जना गर्दछ । पूर्वनिर्धारण द्वारा, एउटा SSL जडानले पोर्ट ६३६ प्रयोग गर्दछ । एउटा नियमित जडानले पोर्ट ३८९ प्रयोग गर्दछ ।