एजेण्डा विजार्ड

तपाईँलाई एजेण्डा टेम्प्लेट सिर्जना गर्न मद्दतका लागि विजार्ड शूरू गर्दछ । तपाईँले सम्मेलनहरू र सभाहरूका लागि छलफल विषयहरू वर्णन गर्न एजेण्डा प्रयोग गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाईळ - विजार्डहरू -एजेन्डा


LibreOffice एजेण्डाहरूका लागि नमुना टेम्प्लेटसँगै आउँदछ, जुन तपाईँ आफ्नै आवश्यकताहरू योग्य पार्न परिमार्जन गर्न सक्नुहुन्छ । विजार्डले कागजात टेम्प्लेट सिर्जना गर्नका लागि अनगिन्ति सजावट र डिजाइन विकल्प प्रदान गर्दछ । पूर्वावलोकनले समाप्त भएको एजेण्डा कस्तो देखिन्छ त्यसको प्रभाव प्रदान गर्दछ ।

विजार्ड भित्र, तपाईँले कुनै पनि बेला आफ्ना प्रविष्टिहरू परिमार्जन गर्न सक्नुहुन्छ । तपाईँले पुरै पृष्ठ वा सबै पृष्ठहरू पनि फड्काउन सक्नुहुन्छ, जुन केसमा हाल (वा पूर्वनिर्धारित) सेटिङहरू प्रभावमा बाँकी रहन्छ ।

एजेण्डा विजार्ड - पृष्ठ डिजाइन

Sएजेण्डाका लागि पृष्ठ डिजाइन उल्लेख गर्दछ ।

एजेण्डा विजार्ड - साधारण विशेषताहरू

सभाको मिति समय, शीर्षक, र स्थान वर्णन गर्दछ ।

एजेण्डा विजार्ड - शीर्षकहरू

शीर्षकहरू उल्लेख गर्दछ जुन तपाईँ एजेण्डा भित्र समावेस गर्न चाहनुहुन्छ ।

एजेण्डा विजार्ड - नामहरू

एजेण्डामा मुद्रण गर्नुपर्ने नामहरू वर्णन गर्दछ ।

एजेण्डा विजार्ड - विषयहरू

एजेण्डा टेम्प्लेटमा मुद्रण गर्नुपर्ने विषयहरू वर्णन गर्दछ ।

एजेण्डा विजार्ड - शीर्षक र स्थान

एजेण्डा टेम्प्लेटका लागि शीर्षक र स्थान रोज्नुहोस् ।

पछाडि

पहिलेको पृष्ठमा बनाउनु भएको चयनहरूमा फर्काउँदछ । हालको सेटिङहरू प्रभावमा बाँकी रहन्छ । यो वटन पहिलो पृष्ठ पछि मात्र सक्रिय हुन्छ ।

पछिल्लो

विजार्डले हालको सेटिङहरू बचत गर्दछ र अर्को पृष्ठमा जान्छ । एक पटक तपाईँ अन्तिम पृष्ठमा पुग्नु भयो भने, यो बटन निस्क्रिय हुन्छ ।

समाप्त

तपाईँको चयन अनुसार, विजार्डले कागजात टेम्प्लेट सिर्जना गर्दछ र त्यसलाई तपाईँको हार्डडिस्कमा बचत गर्दछ । नयाँ कागजातटेम्प्लेटमा आधारित भएर "Untitled X" फाइलनाम (X स्वचालित सङ्ख्याका लागि रहन्छ) सँगै कार्य क्षेत्रमा देखापर्दछ ।

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

द्रष्टव्य प्रतिमा

LibreOffice ले चयन गरिएको कागजात टेम्प्लेट अनुसार विजार्ड भित्र हालको सेटिङहरू बचत गर्दछ । यिनीहरू अर्को पटक तपाईँले विजार्ड सक्रिय पार्दा पूर्वनिर्धारित सेटिङहरूको रूपमा प्रयोग हुन्छ