More Controls

The More Controls toolbar opens when you click the More Controls icon on the Form Controls toolbar.

घुसाउने बटन

प्रतिमा

स्पिन बटन सिर्जना गर्दछ।

यदि तपाईँंले Calc स्प्रेडसिटमा स्पिन बटन थप गर्नुभयो भने,तपाईँंले स्पिन बटन र कक्ष बीचमा दुई-तर्फी बाटो लिङ्क सिर्जना गर्नका लागि,डेटा ट्याव प्रयोग गर्न सक्नुहुन्छ। परिणाम स्वरूप,जब तपाईँंले कक्षको सामग्रीहरू परिवर्तन गर्नुहुन्छ,स्पिन बटनका सामग्रीहरू अद्यावधिक हुन्छन। ठीक उल्टो, यदि तपाईँंले स्पिन बटनको मान परिवर्तन गर्नुभएमा, कक्षका सामग्रीहरू अद्यावधिक हुन्छन।

स्क्रोलपट्टी

प्रतिमा

एउटा स्क्रोलपट्टी सिर्जना गर्दछ।

तपाईँंले स्क्रोलपट्टीका लागि निम्न गुणहरू निर्दिष्ट गर्न सक्नुहुन्छ:

UI नाम

अर्थ विज्ञानहरू

स्क्रोल मान न्यून

एउटा स्क्रोलपट्टीको न्यूनतम उचाइ वा न्यूनतम चौडाइ वर्णन गर्दछ।

स्क्रोल मान अघिकतम

एउटा स्क्रोलपट्टीको अधिकतम उचाइ वा अधिकतम चौडाइ वर्णन गर्दछ।

पूर्वनिर्धारित स्क्रोल मान

फारम रिसेट गरिएको बेलामा, स्क्रोलपट्टीको पूर्वनिर्धारित मान निर्दिष्ट गर्दछ ।

अभिमुखिकरण

एउटा स्क्रोलपट्टीको अभिमुखीकरण वर्णन गर्दछ,त्यो भनेको, तेर्सो वा ठाडो हो।

सानो परिवर्तन

न्यूनतम मात्रा वर्णन गर्दछ जसद्वारा तपाईँंले एउटा सक्रोलपट्टीलाई स्क्रोल गर्न सक्नुहुन्छ, उदाहरणका लागि,एउटा बाँणलाई क्लिक गरेर।

ठूलो परिवर्तन

मात्रा निर्दिष्ट गर्दछ जुन एउटा ठुलो चरणले स्क्रोलपट्टीलाई स्क्रोल गर्दछ, उदाहरणका लागि,जब तपाईँंले स्क्रोलपट्टी थम्ब र स्क्रोलपट्टी बाँण बीचमा क्लिक गर्नुहुन्छ।

विलम्ब

स्क्रोलपट्टी ट्रिगर घटनाहरू विचमा ढिलोलाई मिलिसेकेण्डमा वर्णन गर्दछ।उदाहरणका लागि,जब तपाईँंले स्क्रोलपट्टीमा एउटा बाँण बटनलाई क्लिक गर्नुहुन्छ र माउस बटन समाउनुहुन्छ,ढिलो रहन्छ।

प्रतीक रङ

स्क्रोलपट्टीमा बाँणको रङ वर्णन गर्दछ।

दृश्यात्मक साइज

"value units" मा स्क्रोलपट्टी थम्बको साइज वर्णन गर्दछ।उदाहरणका लागि,("Scroll value max." minus "Scroll value min.") / 2 को एउटा मान स्क्रोलपट्टी थम्बमा परिणामित हुन्छ त्यसले स्क्रोलपट्टीको आधा भाग ओगट्दछ।

स्क्रोलपट्टीको चौडाइ स्क्रोलपट्टीको उचाइ सँग बराबर बनाउनका लागि,दृश्यात्मक साइजलाई शून्यमा सेट गर्नुहोस।


एउटा Calc स्प्रेडसिटमा,एउटा स्क्रोलपट्टी र एउटा कक्ष विचमा दुई-बाटो लिङ्क सिर्जना गर्नका लागि डेटा ट्याव प्रयोग गर्न सक्नुहुन्छ।

छवि बटन

प्रतिमा

छविको रूपमा प्रदर्शित एउटा बटन सिर्जना गर्दछ। ग्राफिक प्रतिनीधित्व भन्दा अलग, एउटा "normal" मा जस्तै एउटा छवि बटनमा उस्तै गुण हुन्छ।

छवि नियन्त्रण

प्रतिमा

एउटा छवि नियन्त्रण सिर्जना गर्दछ।यो डाटाबेसबाट छवि थप गर्नका लागि मात्र प्रयोग हुन्छ। फारम कागजातमा,छवि घुसाउनका लागि Insert Graphic संवादलाई खोल्नका लागि यिनीहरू मध्ये एकलाई डबल-क्लिक गर्नुहोस। त्यहाँ छविलाई घुसाउनका लागि र मेट्नका लागि एउटा प्रसङ्ग मेनु(डिजाइन मोडमा हैन) आदेश सँगै छ।

एउटा डाटाबेसबाटका छविहरू एउटा फारममा प्रदर्शन गर्न सकिन्छ, र छवि नियन्त्रण लेखन-संरक्षण भन्दा पहिले सम्म नयाँ छविहरू डाटाबेसमा घुसाउन सकिन्छ। नियन्त्रणले छवि प्रकारको एउटा डाटाबेस फाँट सन्दर्भ गर्ने पर्दछ। त्यसकारण,Data ट्याब पृष्ठमा गुणहरू सञ्झ्याल भित्र डेटा फाँट प्रविष्ट गर्नुहोस।

मिति फाँट

प्रतिमा

मिति फाँट सिर्जना गर्दछ। यदि फारम एउटा डाटाबेस सँग लिङ्क गरिएमा,डाटाबेसबाट मिति मानहरू ग्रहण गर्न सकिन्छ।

यदि तपाईँंले "Dropdown" गुण मिति फाँटमा मानाङ्कन गर्नुभयो भने,प्रयोगकर्ताले मिति फाँट तल एउटा मिति चयन गर्नका लागि पात्रो खोल्न सक्दछ। यो एउटा तालिका नियन्त्रण फाँट भित्र एउटा मिति फाँटमा पनि लागू हुन सक्दछ।

टिप प्रतिमा

मिति फाँटहरू प्रयोगकर्ताद्वारा सजिलै सँग माथि बाँण र तल बाँण कुञ्जीको प्रयोग गरेर सम्पादन गर्न सकिन्छ। कर्सर अवस्था,दिन, महिना, वा वर्षमा निर्भर रहेर मिति फाँटहरू बाँण कुञ्जीहरू प्रयोग गरेर बढाउन वा घटाउन सकिन्छ।


मिति फाँटहरूमा निर्दिष्ट रिमार्कहरू

समय फाँट

प्रतिमा

मिति फाँट सिर्जना गर्दछ। यदि फारम एउटा डाटाबेस सँग लिङ्क गरिएमा,डाटाबेसबाट समय मान ग्रहण गर्न सकिन्छ।

टिप प्रतिमा

समय फाँटहरू माथि र तल बाँण कुञ्जी सँग प्रयोगकर्ताद्वारा सजिलै सँग सम्पादन गर्न सकिन्छ।कर्सर अवस्था,घण्टाहरू, मिनेटहरू, वा सेकेण्डहरूमा निर्भर रहेर बाँण कुञ्जीहरू प्रयोग गरी यिनीहरू बढाईन्छ वा घटाईन्छ।


फाइल चयन

प्रतिमा

फाइल चयन सक्षम पार्ने बटन सिर्जना गर्दछ।

सङ्ख्यात्मक फाँट

प्रतिमा

सङ्ख्यासूचक फाँट सिर्जना गर्दछ। यदि फारम डाटाबेस सँग लिङ गरिएमा,डाटाबेसबाट फारममा सङ्ख्यासूचक मानहरू ग्रहण गर्न सकिन्छ।

मुद्रा फाँट

प्रतिमा

एउटा मुद्रा फाँट सिर्जना गर्दछ। यदि फारम एउटा डाटाबेस सँग लिङ्क भएमा, मुद्रा फारमका लागि फारममा डाटाबेसबाट ग्रहण गर्न सकिन्छ।

बान्की फाँट

प्रतिमा

बान्की फाँट सिर्जना गर्दछ। बान्की फाँटहरूमा सम्पादन मुकुण्डो र अक्षरिक मुकुण्डो समाविष्ट हुन्छन। सम्पादन मुकुण्डोले कुन डेटा प्रविष्टि गर्ने भन्ने कुरा निर्धारण गर्दछ। अक्षरिक मुकुण्डोले फाँट लोड भईरहेको बेलामा बान्की फाँटको सामग्रीहरू निर्धारण गर्दछ।

द्रष्टव्य प्रतिमा

कृपया द्रष्टव्य गर्नुहोस कि बान्की फाँटहरू HTML ढाँचामा निर्यात हुँदैनन।


समूह बाकस

प्रतिमा

दृश्यात्मक समूह बिभिन्न नियन्त्रणहरूलाई फ्रेम सिर्जना गर्दछ। समूह बाकसले तपाईँंलाई एउटा फ्रेममा विकल्प बटनहरूलाई समूहबद्ध गर्न दिन्छ।

यदि तपाईँले कागजातमा समूह फ्रेम घुसाउनु भएमा, समूह तत्व विजार्ड सुरु हुन्छ, जसले तपाईँलाई एउटा विकल्प समूह सजिलै सँग सिर्जना गर्न अनुमति दिन्छ ।

द्रष्टव्य: जब तपाईँंले पहिले नै अवस्थित नियन्त्रणहरू माथि समूह बाकस तान्नुहुन्छ र त्यसपछि एउटा नियन्त्रण चयन गर्न चाहनुहुन्छ,तपाईँंले पहिले समूह बाकसको प्रसङ्ग मेनु खोल्नु पर्दछ र मिलाउनुहोस - पछाडि पठाउँनुहोस रोज्नु पर्दछ। त्यसपछि थिचेको बेलामा नियन्त्रण चयन गर्नुहोस।

द्रष्टव्य प्रतिमा

समूह बाकसहरू दृश्यात्मक प्रभावका लागि मात्र प्रयोग हुन्छन। विकल्प फाँटहरूको कार्यगत सामूहिकरण,नाम परिभाषाबाट बनाउन सकिन्छ।सबै फाँटहरूकोName गुण अन्तर्गत,तिनीहरूलाई समूहबद्ध गर्नका लागि उस्तै नाम प्रविष्टि गर्नुहोस।


तालिका नियन्त्रण

प्रतिमा

डाटाबेस तालिका प्रर्दशन गर्न तालिका नियन्त्रण सिर्जना गर्दछ । यदि तपाईँले नयाँ तालिका नियन्त्रण सिर्जना गर्नुहुन्छ भने, तालिका तत्व विजार्ड देखापर्दछ ।

तालिका नियन्त्रणहरूको बारेमा विशेष सूचना

नेभिगेसन पट्टी

प्रतिमा

एउटा नेभिगेसन पट्टी सिर्जना गर्दछ।

नेभिगेसन पट्टीले तपाईँंलाई एउटा डाटाबेस वा डाटाबेस फारमकबाट सार्न दिन्छ। नेभिगेसनमा भएको पट्टीले नियन्त्रणहरूमा पूर्वनिर्धारितnavigation bar in LibreOffice ले जस्तै कार्य गर्दछ।