सूची बाकस विजार्ड: फाँट लिङ्क

मानहरू र सूची तालिकाहरू कुन फाँटहरू तालिकाहरू सँग लिङ्क गर्ने भन्ने वर्णन गर्दछ।

मान तालिका हालको बनावटको तालिका हो जसमा सूची फाँट घुसाइन्छ । सूची फाँटमा डेटा देखिन पर्ने तालिका नै सूची तालिका हो । दुबै तालिकाहरू परस्पर डेटा फाँटमा लिङ्क गरिएको हुनुपर्दछ । ति लिङ्कहरू विजार्डको सो पृष्ठमा प्रविष्ट गरिनु पर्दछ । फाँट नामहरू उही हुन आवश्यक छैन (यो कुरा दुबै तालिकाहरूमा कति फाँट नामहरू परिभाषित गरिन्छ सोमा निर्भर गर्दछ), तर दुबै फाँटहरूमा उही फाँट प्रकार हुनुपर्दछ ।

यो आदेश पहुँच गर्न...

फारम नियन्त्रण उपकरणपट्टी खोल्नुहोस्, सूची बाकस प्रतिमा क्लिक गर्नुहोस् र फाँट उत्पन्न गर्न माउस तान्नुहोस् । डाटाबेस जडान फारम: विजार्ड - पृष्ठ 3 मा अवस्थित हुनु पर्दछ ।


मान तालिका फाँट

हालको बनावटको डेटा फाँट निर्दिष्ट गर्दछ जुन लिङ्क गरिएको तालिकाको फाँटमा सम्बन्धित हुनुपर्दछ । थपमा, सूची फाँट तलतिर आवश्यक डेटा फाँट क्लिक गर्नुहोस् ।

In नियन्त्रण - गुणहरू, वर्णन गरिएको फाँट एउटा प्रविष्टिको रूपमा डेटा ट्याब पृष्ठमाडेटा फाँट अन्तर्गत देखा पर्दछ।

सूची तालिका फाँट

लिङ्क गरिएको डेटा फाँट निर्दिष्ट गर्दछ, जुन निर्दिष्ट गरिएको मान तालिका फाँट सँग सम्बन्धित छ । थपमा, तल्लो सूची फाँटमा डेटा फाँट क्लिक गर्नुहोस् ।

नियन्त्रण - गुणहरू मा, निर्दिष्ट गरिएको फाँट सूची सामग्रीहरू अन्तर्गत एउटा SQL विवरणको डेटा ट्याब पृष्ठमा देखा पर्नेछ.