डेटा

डेटा ट्याब पृष्ठले तपाईँंलाई एउटा डेटा स्रोतलाई चयन गरिएका नियन्त्रणमा मानाङ्कन गर्न दिन्छ।

यो आदेश पहुँच गर्न...

चयन गरिएका फारम तत्वको प्रसङ्ग मेनु खोल्नुहोस - नियन्त्रण - डेटा ट्याब रोज्नुहोस

फारम नियन्त्रण उपकरणपट्टीहरू वा फारम डिजाइन उपकरणपट्टी खोल्नुहोस,नियन्त्रण प्रतिमा - डेटाट्याब क्लिक गर्नुहोस


द्रष्टव्य प्रतिमा

डाटाबेस सँग लिङ्कहरू भएको फारमका लागि, सहायक डाटाबेस फारम गुणहरू मा परिभाषित गरिएको छ।तपाईँंले यसका लागि डेटा ट्याब पृष्ठमा कार्यहरू पाउनुहुनेछ।


एउटा नियन्त्रणको Data ट्याव पृष्ठको संभाव्य सेटिङहरू सम्बन्धित नियन्त्रणहरूमा निर्भर गर्दछ। तपाईँंले हालको नियन्त्रण र प्रसङ्गका लागि उपलब्ध विकल्प मात्र देख्नुहुनेछ। निम्न फाँटहरू उपलब्ध छन:

खाली स्ट्रिङ NULL हो

खाली स्ट्रिङ आगत कसरी ह्याण्डल गर्ने भन्ने कुरा परिभाषित गर्दछ। यदि यो गुण (हो) सेट गरिएमा,एउटा मात्र वा बढी खाली स्थानहरू भएको एउटा स्ट्रिङ एउटा NULL मानको रूपमा व्याख्या हुन्छ र डाटाबेसमा सङ्ग्रह हुन्छ। यदि यो गुण (हैन) सेट गरिएमा,स्ट्रिङ एउटा खाली मानको रूपमा व्यवहार गरिन्छ।

An empty string is a string of length zero (""). Normally, a value NULL is not the same as an empty string. In general, a term NULL is used to denote an undefined value, an unknown value, or "no value has been entered yet."

Database systems vary and they might handle a value NULL differently. Refer to documentations of the database that you are using.

डेटा फाँट

डाटाबेस फारमहरू सँग , तपाईँंले नियन्त्रणलाई डेटा फाँट सँग लिंङ्क गर्न सक्नुहुन्छ।

तपाईँं सँग थुप्रै सम्भाव्यताहरू छन:

  1. पहिलो केस: त्यहाँ फारममा मात्र एउटा फाइल छ।

    Data field अन्तर्गत, तपाईँंले सामग्रीहरू प्रदर्शन गर्न चाहनुभएको डेटा स्रोत तालिकाको फाँट वर्णन गर्नुहोस।

  2. दोस्रो केस:SQL क्वेरीद्वारा सिर्जना गरिएको एउटा सहायक फारममा नियन्त्रण सम्बन्धित हुन्छ।

    डेटा फाँटअन्तर्गत, तपाईँंले सामग्री प्रदर्शन गर्न चाहनुभएको SQL कथनको फाँट वर्णन गर्नुहोस

  1. तेस्रो केस: कम्बो बाकसहरू

    कम्बो बाकसहरूका लागि, प्रयोगकर्ताद्वारा मानहरू प्रविष्टि गरिएको वा चयन गरिएको डेटा स्रोतको फाँट डेटा फाँट अन्तर्गत सङ्ग्रह गर्नु पर्दछ। कम्बो बाकसमा सूची गरिएका मानहरू SQL कथनमा आधारित छन,जुन सूची सामग्री अन्तर्गत प्रविष्टि गरिएका हुन्।

  2. चौथो केस:सूची बाकसहरू

    डेटा स्रोत तालिकामा प्रदर्शनका लागि डेटा समाविष्ट छैन, तर एउटा साझा डेटा फाँटबाट एउटा तालिका डेटा स्रोतमा लिङ्क भयो।

    यदि तपाईँंले हालको डेटा स्रोत तालिका सँग लिङ्क भएको एउटा तालिकाबाट डेटा प्रदर्शन गर्नका लागि एउटा सूची चाहनुहुन्छ भने,डेटा फाँट अन्तर्गत डेटा स्रोत तालिकाको फाँट वर्णन गर्नुहोस जसमा सूची बाकसको सामग्री सन्दर्भ गर्दछ। वा तपाईँंले फारममा डेटाको प्रदर्शन नियन्त्रण गर्ने डाटाबेस फाँट वर्णन गर्न सक्नुहुन्छ। यो डेटा फाँटले अरू तालिकामा लिङ्क प्रदान गर्दछ यदि दुवै तालिकाहरू साझा डेटा फाँट सँग लिङ्क गर्न सकिने भएमा। यो सामान्यतया एउटा त्यस्तो डेटाफाँट हो जसमा अद्वितिय परिचय अंकहरू सङ्ग्रहित हुन्छन।SQL कथनद्वारा सूची सामग्री अन्तर्गत फारममा सामग्रीहरू प्रदर्शित डेटा फाँट।

सूची बाकसले सन्दर्भ सँग कार्य गर्दछ। तिनीहरू यात SQL कथनहरू (चौथो केस) सँग लिङ्क भएको तालिका सँग कार्यान्वयन गर्दछन वा मान सूचीहरूबाट:

लिङ्क गरिएको तालिकाहरू (SQL कथनहरू) बाट सन्दर्भीत

यदि तपाईँंले एउटा डाटाबेस तालिका जुन साझा डेटा फाँट देखी फारम आधारित तालिका सम्म लिङ्क भएको डेटा प्रदर्शन गर्नलाई सूची बाकस चाहनुहुन्छ भने, फारम तालिकाको लिङ्क गरिएको तालिका Data field अन्तर्गत वर्णन गरिएको छ।

एउटा SQL सँग लिङ्क सिर्जना गरियप,जुन, यदि तपाईँंले "SQL" or "Native SQL" चयन गर्नुभयो भने,त्यो सूची सामग्रीमा सूची सामग्रीको प्रकार अन्तर्गत वर्णन हुन्छ। एउटा उदाहरणको रूपमा,एउटा तालिका "Orders" हालको फारम नियन्त्रण "Orders" तालिका सँग लिङ्क गरिएको छ। तपाईँंले SQL कथनलाई निम्न किसिमले प्रयोग गर्न सक्नुहुन्छ:

SELECT CustomerName, CustomerNo FROM Customers,

जहाँ "CustomerName" लिङ्क भएको तालिका "Customers" बाट "CustomerName" डेटा फाँट हो,र "CustomerNo" तालिका "Customers"को "CustomerNo" फाँट हो जुन Data fieldअन्तर्गत वर्णन गरिएको "Orders" फारम तालिका सँग लिङ्क भएको छ।

सन्दर्भहरू मान सूचीहरू प्रयोग गर्दा

सूची बाकसका लागि,तपाईँंले मान सूचीहरू प्रयोग गर्न सक्नुहुन्छ। मान सूचीहरू सूची हुन जसले सन्दर्भ मानहरू परिभाषित गर्दछन। यस प्रकार, यो फारममा भएको नियन्त्रणले एउटा डाटाबेस फाँटको सामग्री सीधै प्रदर्शन गर्दैन, तर अधिक मानहरू मान सूचीहरूमा मानांकित छन।

If you work with reference values of a value list, the contents of the data field that you specified under Data Field in the form are not visible, but rather the assigned values. If you chose "Valuelist" on the Data tab under Type of list contents and assigned a reference value to the visible list entries in the form under List entries (entered in the General tab), then the reference values are compared with the data content of the given data field. If a reference value corresponds to the content of a data field, the associated list entries are displayed in the form.

फिल्टर प्रस्ताव

तपाईँको फारम डिजाइन, तपाईँले समनुरूप Properties संवादको Data ट्याबमा प्रत्येक पाठ बाकसका लागि "Filter proposal" गुण सेट गर्न सक्नुहुन्छ. फिल्टर मोडमा प्रशस्त खोजहरूमा, तपाईँले यी फाँटहरूमा समाहित सबै जानकारीबाट चयन गर्न सक्नुहुन्छ. स्वतपूरा प्रकार्य प्रयोग गरेर फाँट सामग्री चयन गर्न सकिन्छ. ख्याल राख्नुहोस, तथापि, कि यो प्रकार्यलाई स्मृति खाली स्थान र समयको ठूलो मात्रा आवश्यक पर्दछ, विशेष गरी ठूलो डाटाबेसहरूमा प्रयोग गरिँदा र तसर्थ कहिलेकाहीँ प्रयोग गरिनुपर्दछ.

लिङ्क गरिएको कक्ष

एउटा स्प्रेडसिटमा एउटा लिङ्क कक्षमा सन्दर्भ वर्णन गर्दछ। नियन्त्रणको जिवित अवस्था वा सामग्रीहरू कक्ष सामग्रीहरूमा लिङ्क गरिएको छ। निम्न तालिकाहरूले नियन्त्रणहरूलाई सूची गर्दछन र तिनीहरूको अनुरूप लिङ्क प्रकारलाई:

लिङ्क गरिएको कक्ष सँग जाँच बाकस

कार्य

परिणाम

जाँच बाकस चयन गर्नुहोस

लिङ्क गरिएको कक्षमा सत्य प्रविष्ट गरियो ।

जाँच बाकसलाई चयन हटाउनुहोस

लिङ्क गरिएको कक्षमा असत्य प्रविष्ट गरियो ।

त्रि-अवस्था जाँच बाकस "undetermined" अवस्थामा सेट गरियो

लिङ्क गरिएको कक्षमा #NV प्रविष्ट गरियो

लिङ्क गरिएको कक्षमा सङ्ख्या फर्काउने सङ्ख्या वा सूत्र प्रविष्ट गर्नुहोस्

यदि प्रविष्टि गरिएको मान TRUE हो वा 0 होइन भने: यदि प्रविष्टि गरिएको मान FALSE वा 0 हो भने जाँच बाकस
चयन गरिन्छ: जाँच बाकस चयन हटाईन्छ

पाठ वा त्रुटि फर्काउने लिङ्क गरिएको कक्ष, वा पाठ प्रविष्ट गर्नुहोस्, वा सूत्र प्रविष्ट गर्नुहोस् लाई खाली गर्नुहोस्

जाँच बाकस "undetermined" अवस्थामा सेट गरिन्छ यदि यो एउटा त्रि-अवस्था जाँच बाकस हो भने, अन्यथा जाँच बाकस चयनबाट हटाईन्छ।

बाकस चयन गर्नुहोस। सन्दर्भ मान बाकसमा पाठ समाविष्ट हुन्छ।

सन्दर्भ मान बाकसबाट पाठलाई कक्षमा प्रतिलिपि बनाइन्छ ।

बाकसलाई चयनबाट हटाउनुहोस। सन्दर्भ मान बाकसमा पाठ समावेश हुन्छ।

एउटा खाली स्ट्रिङ्लाई कक्षमा प्रतिलिपि बनाइन्छ ।

सन्दर्भ मान बाकसले पाठ समावेश गर्दछ । कक्षमा उही पाठ प्रविष्ट गर्नुहोस् ।

जाँच बाकस चयन गरियो।

सन्दर्भ मान बाकसले पाठ समावेश गर्दछ । कक्षमा अन्य पाठ प्रविष्ट गर्नुहोस् ।

जाँच बाकस चयनबाट हटाईयो।


लिङ्क गरिएको कक्ष सँग विकल्प बटन(रेडियो बटन)

कार्य

परिणाम

विकल्प बटन चयन गर्नुहोस

लिङ्क गरिएको कक्षमा सत्य प्रविष्ट गरियो ।

अर्को विकल्प बटन चयनद्वारा विकल्प बटन चयनबाट हटाईयो

लिङ्क गरिएको कक्षमा असत्य प्रविष्ट गरियो ।

लिङ्क गरिएको कक्षमा सङ्ख्या फर्काउने सङ्ख्या वा सूत्र प्रविष्ट गर्नुहोस्

यदि प्रविष्टि गरिएको मान TRUE वा 0 नभएमा: विकल्प बटन चयन गरियो
यदि प्रविष्टि गरिएको मान FALSE वा 0 भएमा: विकल्प बटन चयनबाट हटाईयो

पाठ वा त्रुटि फर्काउने लिङ्क गरिएको कक्ष, वा पाठ प्रविष्ट गर्नुहोस्, वा सूत्र प्रविष्ट गर्नुहोस् लाई खाली गर्नुहोस्

विकल्प बटन चयनबाट हटाईयो

विकल्प बटन क्लिक गर्नुहोस। सन्दर्भ मान बाकसमा पाठ समाविष्ट हुन्छ।

सन्दर्भ मान बाकसबाट पाठलाई कक्षमा प्रतिलिपि बनाइन्छ ।

उही समूहको अर्को विकल्प बटन क्लिक गर्नुहोस।सन्दर्भ मान बाकसमा पाठ समाविष्ट हुन्छ।

एउटा खाली स्ट्रिङ्लाई कक्षमा प्रतिलिपि बनाइन्छ ।

सन्दर्भ मान बाकसले पाठ समावेश गर्दछ । कक्षमा उही पाठ प्रविष्ट गर्नुहोस् ।

विकल्प बटन चयन गरियो।

सन्दर्भ मान बाकसले पाठ समावेश गर्दछ । कक्षमा अन्य पाठ प्रविष्ट गर्नुहोस् ।

विकल्प बटन खाली गरियो।


लिङ्क गरिएको कक्ष सँग पाठ बाकस

कार्य

परिणाम

पाठ बाकस भित्र पाठ प्रविष्ट गर्नुहोस

पाठलाई लिङ्क गरिएको कक्षमा प्रतिलिपि बनाइयो

पाठ बाकस खाली गर्नुहोस

लिङ्क गरिएको कक्ष खाली गरियो

लिङ्क गरिएको कक्षमा पाठ वा एउटा अंक प्रविष्ट गर्नुहोस

पाठ बाकसमा पाठ वा अंक प्रतिलिपि गर्नुहोस

लिङ्क गरिएको कक्षमा सूत्र प्रविष्ट गर्नुहोस्

पाठ बाकस भित्र सूत्र परिणाम प्रतिलिपि गरियो

लिङ्क गरिएको कक्ष खाली गर्नुहोस्

पाठ बाकस खाली गरियो


लिङ्क गरिएको कक्ष सँग सङ्ख्यासूचक वा ढाँचाबद्ध गरिएको फाँट

कार्य

परिणाम

फाँट भित्र एउटा अंक प्रविष्ट गर्नुहोस

लिङ्क गरिएको कक्ष भित्र अंक प्रतिलिपि गरियो

फाँट खाली गर्नुहोस

लिङ्क गरिएको कक्षमा मान ० सेट गरियो

लिङ्क गरिएको कक्षमा सङ्ख्या फर्काउने सङ्ख्या वा सूत्र प्रविष्ट गर्नुहोस्

अंक फाँटमा प्रतिलिपि गरियो

पाठ वा त्रुटि फर्काउने लिङ्क गरिएको कक्ष, वा पाठ प्रविष्ट गर्नुहोस्, वा सूत्र प्रविष्ट गर्नुहोस् लाई खाली गर्नुहोस्

फाँटमा मान ० सेट गरियो


लिङ्क गरिएको कक्ष सँग सूची बाकस

सूची बाकसले दुई फरक लिङ्क गर्ने मोडहरू समर्थन गर्दछ,"Contents of the linked cell"को गुण हेर्नुहोस।

  1. लिङ्क गरिएको सामग्रीहरू:कक्ष सामग्रीहरू सँग चयन गरिएको सूची बाकस प्रविष्टिको पाठ सामग्रीहरू समक्रमण गर्नुहोस

  2. लिङ्क गरिएको चयन अवस्था: सूची बाकसमा एकल चयन गरिएको अवस्था कक्षमा सङ्ख्यासूचक मान सँग समक्रमित भयो।

कार्य

परिणाम

एउटा एकल सूची वस्तु चयन गर्नुहोस

सामग्रीहरू लिङ्क गरिएका छन: वस्तुको पाठ लिङ्क गरिएको कक्षमा प्रतिलिपि गरियो।

चयन लिङ्क गरियो:चयन गरिएको अवस्था लिङ्क गरिएको कक्ष भित्र प्रतिलिपि गरियो। उदाहरणका लागि, यदि तेस्रो वस्तु चयन गरिएमा,३ नम्बर प्रतिलिपि हुनेछ।

थुप्रै सूची वस्तुहरू चयन गर्नुहोस

लिङ्क गरिएको कक्षमा #NV प्रविष्ट गरियो

सबै सूची वस्तुहरूमा चयन हटाउनुहोस

सामग्रीहरू लिङ्क गरिए: लिङ्क गरिएको कक्ष खाली गरियो

चयन लिङ्क गरियो: लिङ्क गरिएको कक्षमा मान ० प्रविष्टि गरियो

लिङ्क गरिएको कक्षमा सङ्ख्या वा पाठ प्रविष्ट गर्नुहोस्

सामग्रीहरू लिङ्क गरिए: बराबर सूची वस्तु फेला पार्नुहोस र चयन गर्नुहोस

चयन लिङ्क गरियो: वर्णन गरिएको अवस्था(पहिलो वस्तुका लागि १ सँग सुरु गरियो)मा भएको वस्तु चयन गरियो। यदि फेला नपरेमा,सबै वस्तुहरूबाट चयन हटाईयो।

लिङ्क गरिएको कक्षमा सूत्र प्रविष्ट गर्नुहोस्

सूत्र परिणाम र लिङ्क मोड सँग मिल्ने एउटा सूची वस्तु फेला पार्नुहोस र चयन गर्नुहोस

लिङ्क गरिएको कक्ष खाली गर्नुहोस्

सूची बाकसमा सबै वस्तुहरू चयनबाट हटाउनुहोस

सूची स्रोत दायराको सामग्रीहरू परिवर्तन गर्नुहोस्

सूची बाकस वस्तुरहरू परिवर्तन अनुसार अद्यावधिक गरिए। चयन संरक्षण गरिएको छ। यसले लिङ्क गरिएको कक्षमा अद्यावधिक गर्ने कारण बन्न सक्दछ।


लिङ्क गरिएको कक्ष सँग कम्बो बाकस

कार्य

परिणाम

कम्बो बाकसको सम्पादन फाँट भित्र पाठ प्रविष्टि गर्नुहोस् , वा ड्रप-डाउन सूचीबाट एउटा प्रविष्ट चयन गर्नुहोस

पाठलाई लिङ्क गरिएको कक्षमा प्रतिलिपि बनाइयो

कम्बो बाकसको सम्पादन फाँट खाली गर्नुहोस

लिङ्क गरिएको कक्ष खाली गरियो

लिङ्क गरिएको कक्षमा सङ्ख्या वा पाठ प्रविष्ट गर्नुहोस्

पाठ वा अंक कम्बो बाकसको सम्पादन फाँटमा नक्कल भयो

लिङ्क गरिएको कक्षमा सूत्र प्रविष्ट गर्नुहोस्

सूत्र परिणाम कम्बो बाकसको सम्पादन फाँटमा नक्कल भयो

लिङ्क गरिएको कक्ष खाली गर्नुहोस्

कम्बो बाकसको सम्पादन फाँट खाली गरियो

सूची स्रोत दायराको सामग्रीहरू परिवर्तन गर्नुहोस्

परिवर्तन अनुसार ड्रप-डाउन सूची वस्तुहरू अद्यावधिक गरिए। कम्बो बाकसको सम्पादन फाँट र लिङ्क गरिएका कक्षहरू परिवर्तन गरिएका छैनन।


लिङ्क गरिएको कक्षको सामग्रीहरू

एउटा स्प्रेडसिटमा लिङ्क गरिएको कक्ष सँग सूची बाकस लिङ्क गर्ने मोड चयन गर्नुहोस।

  1. लिङ्क गरिएको सामग्रीहरू: कक्ष सामग्रीहरू सँग चयन गरिएको सूची बाकस प्रविष्टिको पाठ सामग्रीहरू समक्रमण गर्नुहोस। "The selected entry" चयन गर्नुहोस

  2. लिङ्क गरिएको चयन अवस्था:सूची बाकसमा एकल चयन गरिएका वस्तुहरूको अवस्था कक्षमा सङ्ख्यासूचक मान सँग समक्रमणित हुन्छ।"Position of the selected entry" चयन गर्नुहोस

सन्दर्भ मान (बन्द)

स्प्रेडसिटहरूमा भएका जाँच बाकसहरू र रेडियो बटनहरू हालको कागजातमा बाधिन सक्दछन। यदि नियन्त्रण सक्रिय पारिएमा, तपाईँंले सन्दर्भ मान(सुरु)मा प्रविष्टि गरेको मान कक्षमा प्रतिलिपि हुन्छ। यदि नियन्त्रण असक्षम पारिएमा,सन्दर्भ मान (बन्द) बाटको मान कक्षमा प्रतिलिपि हुन्छ।

सन्दर्भ मान (सुरु)

तपाईँंले सन्दर्भ मान देखी विकल्पमानहरू र जाँच बाकसहरूमा सन्दर्भ मानहरू मानाङ्कन गर्न सक्नुहुन्छ। वेभ फारम पठाईएको बेलामा सन्दर्भ मानहरू सर्भरमा पठाईन्छ। डाटाबेस फारमहरूले यहाँ प्रविष्टि गरिएको मान डाटाबेसमा लेखिने नियन्त्रण फाँटमा मानाङ्कन हुनेछ।स

वेभ फारमका लागि सन्दर्भ मानहरू

यदि तपाईँंले वेब फारम डिजाइन गर्नुभयो भने सन्दर्भ मानहरू उपयोगी हुन्छन र नियन्त्रणको स्थितिमा भएको सूचना सर्भरमा स्थानान्तरण हुनु पर्दछ। यदि नियन्त्रण प्रयोगकर्ताद्वारा क्लिक गरिएमा, सम्बन्धित सन्दर्भ मान सर्भरमा पठाईन्छ।

उदाहरणका लागि,यदि तपाईँं सँग विकल्प"feminine" र "masculine" का लागि दुई नियन्त्रण फाँटहरू भएमा,र "feminine" फाँटका लागि १ र "masculine" फाँटका लागि २ सन्दर्भ मान मानाङ्कन गरेमा, यदि प्रयोगकर्ताले "feminine" फाँटमा क्लिक गरेमा मान १ सर्भरमा प्रसारण हुन्छ र यदि प्रयोगकर्ताले "masculine" फाँटमा क्लिक गरेमा मान २ पठाईन्छ।

डाटाबेस फारमहरूका लागि सन्दर्भमानहरू

डाटाबेस फारमहरूका लागि,तपाईँंले एउटा विकल्प वा एउटा जाँच बाकसकोो स्थितिलाई सन्दर्भ मानद्वारा डाटाबेसमा सङ्ग्रह गरे क्यारेक्टराईज गर्न सक्नुहुन्छ। यदि तपाईँं सँग तिन विकल्पको सेट छ भने,उदाहरणका लागि "in progress", "completed", र"resubmission",सम्बन्धित सन्दर्भ मानहरू संग, यदि सम्बन्धित विकल्प क्लिक गरिएमा यि सन्दर्भ मानहरू "ToDo", "OK", र "RS" देखापर्दछन।।

सीमा फाँट

द्रष्टव्य प्रतिमा

यदि तपाईँंले गुण ब्राउजरमाBound field कक्षको सामग्री मेट्नुभयो भने, परिणाम सेटको पहिलो फाँट प्रदर्शन गर्न डेटा साटासाट गर्न प्रयोग हुन्छ।


सूची बाकसका लागि यो गुणले फारममा कुन लिङ्क गरिएको डेटा फाँट प्रयोग गर्ने भन्ने परिभाषित गर्दछ।

यदि एउटा सूची बाकस फारम तालिकामा लिङ्क गरिएको तालिका प्रदर्शन गर्नु पर्छ भने,त्यसपछि सूची सामग्रीको प्रकार फाँटमा परिभाषित गर्नुहोस यदि प्रदर्शन SQL आदेशबाट निर्धारण भएमा वा (लिङ्क भएको) तालिका पहुँच हुन्छ। बाध्नुहोस फाँट गुण संग,क्वेरीको कुन डेटा फाँट वा तालिकाको डेटा फाँट लिङ्क गर्ने वर्णन गर्नका लागि तपाईँंले एउटा अनुक्रमणिका प्रयोग गर्नुहोस।

द्रष्टव्य प्रतिमा

गुण बाध्नुहोस फाँट ति फारमहरूका लागि मात्र हो जुन एक भन्दा बढी तालिकाहरू पहुँच गर्नका लागि प्रयोग भएका छन। यदि फारम मात्र एउटा तालिकामा आधारित भएमा,फारममा देखाउनुपर्ने फाँटहरू Data field अन्तर्गत सीधै प्रदर्शन गरियो। यधपी,यदि तपाईँंले डेटालाई हालको लिङ्क गरिएको तालिकाबाट एउटा साझा डेटा फाँटमा प्रदर्शन गर्नका लागि चाहनुहुन्छ भने,लिङ्क गरिएको डेटा Bound fieldद्वारा परिभाषित गरिएको छ।


यदि तपाईँंले Type of list contents अन्तर्गत "SQL" चयन गर्नुभएको छ भने,SQL आदेशले अनुक्रमणिका वर्णन गर्नका लागि निर्धारण गर्दछ।उदाहरण:यदि तपाईँंले SQL आदेश वर्णन गर्नुभयो भने जस्तै सूची सामग्री अन्तर्गत "SELECT Field1, Field2 FROM tablename" ,निम्न तालिक सन्दर्भ गर्नुहोस:

सीमा फाँट

लिङ्क

-१

The index of the selected entry in the list is linked to the field specified under Data field.

{empty} or 0

डाटाबेस फाँट "Field1", डेटा फाँट अन्तर्गत वर्णन गरिएको फाँट सँग लिङ्क भएको छ.

1

डेटाफाँट "Field2" डेटा फाँट अन्तर्गत वर्णन गरिएको फाँटमा लिङ्क गरिएको छ।


यदि तपाईँंले Type of list contents अन्तर्गत "Table" चयन गर्नुभयो भने,तालिका संरचनाले वर्णन गर्नका लागि अनुक्रमणिका परिभाषित गर्दछ।उदाहरण: यदि List content अन्तर्गत एउटा डाटाबेस तालिका चयन गरिएमा,निम्न तालिकाका लागि: सन्दर्भ गर्नुहोस:

सीमा फाँट

लिङ्क

-१

The index of the selected entry in the list is linked to the field specified under Data field.

{empty} or 0

तालिकाको पहिलो स्तम्भ डेटा फाँट अन्तर्गत वर्णन गरिएको फाँट सँग लिङ्क हुन्छ तालिकाको पहिलो स्तम्भ

1

तालिकाको दोस्रो स्तम्भ डेटा फाँट अन्तर्गत वर्णन गरिएको फाँटमा लिङ्क गरियो।

2

तालिकाको तेस्रो स्तम्भ डेटा फाँट अन्तर्गत वर्णन गरिएको फाँटमा लिङ्क गरियो।


सूची सामग्री

डाटाबेस फारमहरू सँग, फारम-तत्वको सूची सामग्रीका लागि डेटा स्रोत वर्णन गर्दछ। यो फाँट एउटा डाटाबेस जडान बिना मान सूची परिभाषित गर्नका लागि प्रयोग गर्न सकिन्छ।

डाटाबेस फारमहरूको केसमा,डेटा स्रोतले सूचीको वा कम्बो बाकसको प्रविष्टिहरू निर्धारण गर्दछ।चयन गरिएको प्रकारमा निर्भर रहेर, List content अन्तर्गत तपाईँंलाई बिभिन्न स्रोत विचमा एउटा चयन छ,तपाईँंको डाटाबेसमा यि वस्तुहरू अवस्थिति प्रदान गरिएका छन। Type of list contents अन्तर्गत चयन गरिएका प्रकारको सबै उपलब्ध डाटाबेस वस्तुहरू यहाँ प्रस्ताव गरिन्छन। यदि तपाईँंले "Value List" विकल्प प्रकारको रूपमा चयन गर्नुभएको भए, तपाईँंले डाटाबेस फारमहरूका लागि सन्दर्भहरू प्रयोग गर्न सक्नुहुन्छ। यदि नियन्त्रणको प्रदर्शन SQL आदेशद्वारा नियन्त्रण गरिएको भए, यहाँ SQL कथन प्रविष्टि गरिन्छ।

SQL कथनहरूको उदाहरणहरू :

सूची बाकसका लागि, एउटा SQL कथनमा निम्न फारमहरू हुन सक्दछन

SELECT field1, field2 FROM table,

यहाँ "table" तालिका हो जस्को डेटा नियन्त्रणको सूची (सूची तालिका)मा प्रदर्शित भएको छ। "field1" डेटा फाँट हो जसले फारममा दृश्यात्मक प्रविष्टिहरू परिभाषित गर्दछ।"field2" सूची तालिकाको फाँट हो जुन फारम तालिका (value table) मा यदिफाँट बाध्नुहोस = 1 डेटा फाँट अन्तर्गत फाँटबाट वर्णन गरिएको,चयन गरियो।

कम्बो बाकसहरूका लागि,एउटा SQL कथनमा निम्न फारमहरू लिन सक्दछ

SELECT DISTINCT field FROM table,

यहाँ "field" सूची तालिका"table" बाट एउटा डेटा फाँट हो जस्को सामग्री कम्बो बाकसको सूचीमा प्रदर्शित छन।

HTML कागजातहरूका लागि मान सूचीहरू

HTML बनावटका लागि, तपाईँले सूची सामग्री अन्तर्गतको मान सूची प्रविष्ट गर्न सक्नुहुन्छ । "Valuelist" विकल्पलाई सूची सामग्रीको प्रकार अन्तर्गत चयन गर्नुहोस् । यहाँ प्रविष्ट गरिएको मानहरू सो बनावटमा दृश्यातम्क हुने छैन, र दृश्यात्मक प्रविष्टिहरूमा मानहरू मानाङ्कन गर्न प्रयोग गरिन्छ । सूची सामग्री अन्तर्गत बनेका प्रविष्टिहरू HTML ट्याग <OPTION VALUE=...> मा अनुकूल हुन्छ ।

सूची बाकस वा कम्बो बाकसबाट चयन गरिएको प्रविष्टिको डेटा रुपान्तरणमा, फारममा मानहरूको दुबै सूची प्रर्दशित हुन्छ, जसलाई सामान्य ट्याबमा सूची प्रविष्टि अन्तर्गत प्रविष्ट गरियो, डेटा ट्याबमा सूची सामग्री अन्तर्गत प्रविष्ट गरिएको मान सूची, लाई विचार गरिन्छ: यदि (खाली-विहिन) पाठलाई मान सूची (<OPTION VALUE=...>) मा चयन गरिएको स्थितिमा छ भने, यसलाई प्रसारित गरिनेछ । अन्यथा, (<OPTION>) नियन्त्रणमा प्रर्दशित पाठ पठाइनेछ ।

यदि मान सूचीमा खाली स्ट्रिङ समाविष्ट गर्नुपर्ने भए, सूची सामग्री अन्तर्गत अनुरूप अवस्था (याद गर्नुहोस ठुलो वर्णको/सानो वर्णको) मा "$$$empty$$$" प्रविष्टि गर्नुहोस। LibreOffice ले यो आगतलाई खाली स्ट्रिङको रूपमा व्याख्या गर्दछ र अनुरूपको सूची प्रविष्टिमा यसलाई मानाङ्कन गर्दछ।

निम्न तालिकाले HTML, JavaScript, रLibreOfficeफाँट सूची सामग्री बीचको जडान "ListBox1"नामको उदाहरण सूची बाकस प्रयोग गरेर देखाउँदछ। यो केसमा, फारममा "Item" ले एउटा सूची प्रविष्टि दृश्यात्मक रूपमा डिजाइन गर्दछ:

HTML ट्याग

जाभा स्क्रिप्ट

नियन्त्रणको (सूची सामग्री) मान सूचीमा प्रविष्टि

प्रसारित डेटा

<OPTION>वस्तु

सम्भव छैन

""

दृश्यात्मक सूची प्रविष्टि("ListBox1=Item")

<OPTION VALUE="Value">वस्तु

ListBox1.options[0].value="Value"

"Value"

मान सूची प्रविष्टि("ListBox1=Value")मा मानाङ्कन गरियो

<OPTION VALUE="">वस्तु

ListBox1.options[0].value=""

"$$$empty$$$"

एउटा खाली स्ट्रिङ("ListBox1=")


सूची सामग्रीहरूको प्रकार

सूचीमा सूची र कम्बो बाकसहरू भर्नका लागि डेटा निर्धारण गर्दछ।

With the "Valuelist" option, all entries entered in the List entries field of the General tab appear in the control. For database forms, you can use reference values (see the References Using Value Lists section).

यदि नियन्त्रणको सामग्री डाटाबेसबाट पढिन्छ भने,तपाईँंले अरू विकल्प सँग डेटाको प्रकार निर्धारण गर्न सक्नुहुन्छ।उदाहरणका लागि, तपाईँंले तालिकाहरू र क्वेरीहरूबाट रोज्न सक्नुहुन्छ।

स्रोत कक्ष दायरा

सूची बाकस वा कम्बो बाकसका लागि एउटा स्प्रेडसिटमा प्रविष्टिहरू समाविष्ट एउटा कक्ष दायरा प्रविष्टि गर्नुहोस। यदि तपाईँंले बहु-स्तम्भ दायरा प्रविष्टि गर्नुहुन्छ भने,नियन्त्रण भर्नका लागि सबै भन्दा वायाँ तर्फ भएका स्तम्भहरू प्रयोग हुन्छन।