ढाँचाबद्ध गरिएको फाँटको विशेष गुणहरू

ढाँचा: तपाईँंले ढाँचा गुणलाई ढाँचा गुणहरूको ... बटनमा किल्क गरेर सेट गर्न सक्नुहुन्छ।:ढाँचाबद्ध गरिएको फाँट संवाद सङ्ख्या ढाँचा संवाद देखा पर्दछ।

यदि ढाँचाबद्ध गरिएको फाँट एउटा डाटाबेसको पाठ फाँट सँग जडान गरिएको छ भने,यो फाँटमा भएका प्रविष्टिहरू पाठको रूपमा व्यवहार गर्दछन ।यदि ढाँचाबद्ध गरिएको फाँट डाटाबेसको एउटा फाँट सँग जडान गरिएको छ भने,त्यो एउटा अंकको रूपमा प्रदर्शन गर्न सकिन्छ,आगत सङ्ख्याको रूपमा व्यवहार गरिन्छ। मिति र समय पनि आन्तरिक रूपमा सङ्ख्याको रूपमा ह्याण्डल गरिन्छ।

न्यूनतम मानअधिकतम मान।तपाईँंले एउटा ढाँचाबद्ध फाँटका लागि न्यूनतम र अधिकतम सङ्ख्यासूचक मान प्रविष्टि गर्न सक्नुहुन्छ। न्यूनतम र अधिकतम मानले अवस्थित डेटाको निर्गत निर्धारण गर्दछ। (उदाहरण: न्यूनतम मान ५ हो, जडित डाटाबेस फाँटमा अंक मान ३ समाविष्ट छ। निर्गत ५ हो, तर डाटाबेसमा भएको मान परिमार्जित छैन) र नयाँ डेटाको आगत(उदाहरण: अधिकतम मान १० र तपाईँंले २० प्रविष्टि गर्नुभयो। आगत ठीक गरियो र डाटाबेसमा १० लेखियो)। यदि फाँटहरून्यूनतम मान अधिकतम मानका लागि भरिएन भने, कुनै सिमा लागू गरिँदैन। डाटाबेस पाठ फाँट सँग जडान नगरिएको ढाँचाबद्ध फाँटहरूका लागि, यि दुई मानहरू र पूर्वनिर्धारित मान लागू हुँदैनन।

पूर्वनिर्धारित मान: यो मान नयाँ रेकर्डहरूका लागि पूर्वनिर्धारित मानको रूपमा सेट छ.