डेटा स्रोतहरू

यो सेक्सनले डाटाबेस तालिकाहरू ब्राउज र सम्पादन गर्ने बारेमा जानकारी समाहित गर्दछ ।

डाटाबेस सिंहावलोकन

द्रष्टव्य प्रतिमा

तपाईँले डिजाइन दृश्यमा खोलेको एउटा डाटाबेस तालिकामा डेटा स्रोत ब्राउजर प्रयोग गर्न सक्नुहुन्न ।


डेटा स्रोत ब्राउजर

डाटा स्रोत ब्राउजरका लागि आदेशहरू तालिका डाटापट्टी र प्रसङ्ग मेनुहरू मा फेला पर्दछन्।

रेकर्डहरू चयन

एउटा डाटाबेस तालिकामा एउटा रेकर्ड चयन गर्न, पङ्क्ति हेडर क्लिक गर्नुहोस् वा एउटा पङ्क्ति हेडर क्लिक गर्नुहोस् र त्यसपछि माथि वा तल बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् ।

निम्न तालिकाले डेटा स्रोत ब्राउजरमा एकल तत्वहरू कसरी चयन गर्ने वर्णन गर्छ ।

चयन

कार्य

रेकर्ड

पङ्क्ति हेडर क्लिक गर्नुहोस्

विविध रेकर्डहरू वा एउटा चयन हटाउँदा

थिच्दै पङ्क्ति हेडरमा क्लिक गर्नुहोस्।

सतम्भहरू

स्तम्भ हेडर क्लिक गर्नुहोस्

डेटा फाँट

डेटा फाँटमा क्लिक गर्नुहोस्

सम्पूर्ण तालिका

स्तम्भ शीर्षकहरूको पङ्क्ति हेडर क्लिक गर्नुहोस्


डेटा पट्टि तालिका (डाटाबेस तालिकाहरू सम्पादन)

प्रतिमा

तपाईँलाई डाटाबेस तालिकाबाट रेकर्डहरू सम्पादन गर्न,थप्न,मेटन अनुमति दिन्छ ।

डेटा काटदा,प्रतिलिपि गर्दा र टाँस्दा

तपाईँले डेटा स्रोत दृश्यमा तालिका फाँटहरू काट्न, प्रतिलिपि बनाउन, र टाँस्न सक्नुहुन्छ. डेटा स्रोत ब्राउजरले तालिका फाँटहरूको तान्ने र छोड्ने, वा अन्य LibreOffice फाइलहरूबाट साधारण पाठ र सङ्ख्याहरू पनि समर्थन गर्दछ ।

तपाईँले हुन्छ/हुँदैन, बाइनरी, छविचित्र, वा तालिका फाँटहरूमा तान्ने र छोड्ने गर्न सक्नुहुन्न ।

द्रष्टव्य प्रतिमा

सम्पादन गर्नुहोस् मोडमा कामहरू मात्र तानेर छाडनुहोस् ।


तालिका डेटा पट्टी

डेटा दृश्य नियन्त्रणका लागि तालिका डेटा पट्टी प्रयोग गर्नुहोस्।

डेटा स्रोत ब्राउजरमा नेभिगेटर गर्दा

विभिन्न रेकर्डहरूको बीचमा नेभिगेट गर्न डेटा स्रोत दृश्यको तलको फाराम नेभिगेसन पट्टी प्रयोग गर्नुहोस्

पहिलो रेकर्ड

प्रतिमा

तालिकाको पहिलो रेकर्डमा जानुहोस्।

अघिल्लो रेकर्ड

प्रतिमा

तालिकाको पूर्ववर्ती रेकर्डमा जानुहोस्।

रेकर्ड सङ्ख्या

तपाईँले प्रदर्शन गर्न चाहेको रेकर्डको सङ्ख्या प्रविष्ट गर्नुहोस्, र त्यसपछि इन्टर थिच्नुहोस्।

अर्को रेकर्ड

प्रतिमा

तालिकाको अर्को रेकर्डमा जानुहोस्।

अन्तिम रेकर्ड

प्रतिमा

तालिकाको अन्तिम रेकर्डमा जानुहोस्।

नयाँ रेकर्ड

प्रतिमा

हालको तालिकामा एउटा नयाँ रेकर्ड राख्नुहोस।एउटा नया रेकोर्ड सृजना गर्न, टेबलको अन्तिममा एस्टेरिस्क (*) बटनमा क्लिक गर्नुहोस्| तालिकाको अन्त्यमा एउटा खाली पङ्क्ति थपिन्छ।

रेकर्डहरूको सङ्ख्या

फाराम नेभिगेसन पट्टीले हालको तालिकामा सङ्ख्याहरूको बारेमा जानकारी पनि प्रदर्शन गर्दछ। उदाहरणका लागि, "९(२) को रेकर्ड ७" ले सूचीत गर्दछ कि दुइ रेकर्डहरू (२) ९ रेकर्डहरू समाहित भएको तालिकामा चयन गरिएको छ, र कर्सर रेकर्ड सङ्ख्या ७ मा छ।

तालिकाहरू सङठित गर्दा

तालिका ढाँचा गर्दाका लागि आदेशहरू पहूँच गर्न, एउटा स्तम्भ हेडर , वा एउटा पङ्क्ति हेडर दायाँ क्लिक गर्नुहोस् ।

तालिका ढाँचा

चयन गरिएको पङ्क्ति(हरू) ढाँचा गर्छ ।

पङ्क्ति उचाइ

हालको पङ्क्ति, वा चयन गरिएको पङ्क्तिहरूको उचाइ परिवर्तन गर्छ ।

पङ्क्ति मेट्नुहोस्

चयन गरिएको नेम-स्पेस मेटदछ ।

स्तम्भ ढाँचा

चयन गरिएको स्तम्भ(हरू) ढाँचा गर्दछ ।

स्तम्भ चौडाइ

हालको स्तम्भको चौडाइ, वा चयन गरिएको स्तम्भहरू परिवर्तन गर्छ ।

स्तम्भहरू लुकाउनुहोस्

Hides the selected column(s). To display hidden columns, right-click any column header, and then choose Show Columns.

स्तम्भहरू देखाउनुहोस्

Displays hidden columns. Choose the column that you want to display from the list, or click All to display all of the hidden columns.