रङ पट्टी

रङ पट्टीदेखाउँछ वा लुकाउछ ।प्रदर्शित भएको रङ तालिका परिमार्जन गर्न वा परिवर्तन गर्न, ढाँचा - क्षेत्र रोज्नुहोस्, र त्यसपछि रङहरू ट्याबमा क्लिक गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस दृश्य - उपकरणपट्टी - रङ पट्टी


तपाईँले प्रयोग गर्न चाहेको रङ क्लिक गर्नुहोस् । हालको फाइलको वस्तुको भरि रङ परिवर्तन गर्न, वस्तु चयन गर्नुहोस् र त्यसपछि रङ क्लिक गर्नुहोस् । चयन गरिएको वस्तुको लाइन रङ परिवर्तन गर्न, रङलाई दायाँ-क्लिक गर्नुहोस् । पाठ वस्तुमा पाठको रङ परिवर्तन गर्न, पाठ-वस्तुमा डबल क्लिक गर्नुहोस्, पाठ चयन गर्नुहोस्, र त्यसपछि रङ क्लिक गर्नुहोस् ।

तपाईँले रङ पट्टी बाट एउटा रङ तानेर तपाईँको स्लाईडमा एउटा रेखाचित्र वस्तुमा छोड्न पनि सक्नुहुन्छ ।

टिप प्रतिमा

रङ पट्टीखोल्न, उपकरणपट्टीको खैरो क्षेत्रमा क्लिक गर्नुहोस् र त्यसपछि तान्नुहोस् । रङ पट्टीपुन: संलग्न गर्न, उपकरणपट्टीको शीर्षकपट्टी सञ्झ्यालको किनारामा तान्नुहोस् ।