छवि मानचित्र सम्पादक

तपाईँलाई ग्राफिक्समा वा ग्राफिक्सहरूको समुहमा हटस्पट्स भनेर बोलाइने निर्दिष्ट क्षेत्रहरूमा URLs सङ्लग्न गर्न अनुमति दिन्छ । एउटा छवि मानचित्र एक वा धेरै हटस्पट्सहरूको समुह हो ।

यो आदेश पहुँच गर्न...

रोज्नहोस सम्पादन गर्नुहोस - छवि मानचित्र (चयन गरिएका वस्तुको प्रसङ्ग मेनुमा पनि)


छविहरूमा क्लिक गर्न योग्य हटस्पोटहरू थप्दा

तपाईँ तीन प्रकारका हटस्पोटहरू कोर्न सक्नुहुन्छ: आयात, दिर्घवृत्त र बहुभुजहरू । जब तपाईँले हटस्पोट क्लिक गर्नुहुन्छ, URL तपाईँले वर्णन गर्नुभएको ब्राउजर सञ्झ्याल वा फ्रेममा खुल्दछ । तपाईँले पाठ पनि वर्णन गर्न सक्नुहुन्छ जुन जब तपाईँको माउस हटस्पोटमा स्थिर भइ देखापर्छ ।

लागू गर्नुहोस्

छविमानचित्रमा तपाईँले बनाउनु भएको परिवर्तन लागू गर्दछ ।

Icon

लागू गर्नुहोस्

खोल्नुहोस्

अवस्थित छवि मानचित्र MAP-CERN, MAP-NCSA वा SIP StarView ImageMap फाइल ढाँचामा लोड गर्दछ ।

Icon

खोल्नुहोस्

बचत गर्नुहोस्

छवि मानचित्र MAP-CERN, MAP-NCSA वा SIP StarView ImageMap फाइल ढाँचामा बचत गर्दछ ।

Icon

बचत गर्नुहोस्

चयन गर्नुहोस्

सम्पादनका लागि छवि मानचित्रमा हटस्पोट चयन गर्दछ ।

Icon

चयन गर्नुहोस्

आयात

आयाताकार हटस्पोट कोर्दछ जहाँ तपाईँले ग्रफिकमा तान्नुहुन्छ । पछि, हटस्पोटका लागि तपाईँले ठेगाना र पाठ प्रविष्टि गर्न सक्नुहुन्छ, र त्यसपछि तपाईँले URL खोल्न चाहेको ठाउँमा फ्रेम चयन गर्नुहोस्।

Icon

आयात

दीर्घवृत्त

दीर्घवृताकार हटस्पोट कोर्दछ जहाँ तपाईँले ग्रफिकमा तान्नुहुन्छ । पछि, हटस्पोटका लागि तपाईँले ठेगाना र पाठ प्रविष्टि गर्न सक्नुहुन्छ, र त्यसपछि तपाईँले URL खोल्न चाहेको ठाउँमा फ्रेम चयन गर्नुहोस्।

Icon

दीर्घवृत्त

बहुभुज

ग्राफिकमा बहुभुजी हटस्पोट कोर्दछ । यो प्रतिमा क्लिक गर्नुहोस् ग्राफिकमा तान्नुहोस््, र त्यसपछि बहुभुजको एक साइड परिभाषित गर्न क्लिक गर्नुहोस्। अर्को साइडको अन्त्य कहाँ राख्न चाहनुहुन्छ त्यहाँ सार्नुहोस्, र त्यसपछि क्लिक गर्नुहोस्। बहुभुजको सबै साइडहरू कोरून्जेलसम्म दोहोर्याउनुहोस् । जब तपाईँको समाप्त हुन्छ, बहुभुज बन्द गर्न डबल क्लिक गर्नुहोस्। पछि, तपाईँले हटस्पोटका लागि ठेगाना र पाठ प्रविष्टि गर्न सक्नुहुन्छ र त्यसपछि फ्रेम चयन गर्नुहोस्जहाँ तपाईँले URL खोल्न चाहनु भएको छ ।

Icon

बहुभुज

Freeform बहुभुज

freeform बहुभुजमा आधारित हटस्पोट कोर्दछ । यो प्रतिमा क्लिक गर्नुहोस् तपाईँले हटस्पोट कोर्न चाहेको ठाउँमा सार्नुहोस् । freeform रेखा तान्नुहोस् र आकार बन्द गर्न निस्काशन गर्नुहोस् ।पछि, हटस्पोटका लागि तपाईँले ठेगाना र पाठ प्रविष्ट गर्न सक्नुहुन्छ, र त्यसपछि तपाईँले URL खोल्न चाहेको ठाउँमा फ्रेम चयन गर्नुहोस् ।

Icon

Freeform बहुभुज

सम्पदान बिन्दुहरू

तपाईँलाई एङ्कर विन्दु सम्पादन गरेर चयन गरिएको हटस्पोटको आकार परिवर्तन गराउँदछ ।

Icon

बिन्दुहरू सम्पादन गर्नुहोस्

सार्ने बिन्दुहरू

तपाईँलाई चयन गरिएको हटस्पोटका एकल एङ्कर बिन्दुहरू सर्दछ ।

Icon

सार्ने बिन्दुहरू

बिन्दुहरू घुसाउनुहोस्

एङ्कर बिन्दु थप्दछ जहाँ तपाईँले हटस्पोटको रूपरेखामा क्लिक गर्नु भएको छ ।

Icon

बिन्दुहरू घुसाउनुहोस्

बिन्दुहरू मेट्नुहोस्

चयन गरिएका एङ्कर बिन्दु मेट्छ ।

Icon

बिन्दुहरू मेट्नुहोस्

सक्रिय गर्नुहोस्

चयन गरिएको हटस्पोटका लागि हाइपरलिङ्क असक्षम वा सक्षम पार्दछ । असक्षम पारिएको हटस्पोट पारदर्शी हुन्छ ।

Icon

सक्रिय गर्नुहोस्

म्याक्रो

तपाईँलाई म्याक्रो मानाङ्कन गराउँदछ जुन जब तपाईँले ब्राउजरमा चयन गरिएको हटस्पोट क्लिक गर्नुहुन्छ, चल्दछ ।

Icon

म्याक्रो

गुणहरू

चयन गरिएका हटस्पोटको गुण परिभाषित गर्न तपाईँलाई अनुमति दिन्छ ।

Icon

गुणहरू

ठेगाना:

जब तपाईँले चयन गरिएको हटस्पोट क्लिक गर्नुहुन्छ तपाईँले खोल्न चाहनु भएको फाइलका लागि URL प्रविष्ट गर्नुहोस्। यदि तपाईँ कागजात भित्रै एङ्करमा जान चाहनुहुन्छ भने, ठेगाना "file:///C/document_name#anchor_name".फर्ममा हुनुपर्दछ ।

पाठ:

तपाईँले प्रदर्शन गर्न चाहनु भएको पाठ प्रविष्ट गर्नुहोस्जब माउस ब्राउजर भित्र हटस्पोटमा स्थिर रहन्छ । यदि तपाईँले कुनै पाठ प्रविष्टि गर्नु भएन भने, ठेगाना प्रदर्शन हुन्छ ।

फ्रेम:

लक्ष्य फ्रेमको नाम प्रविष्ट गर्नुहोस् जसमा तपाईँले URL खोल्न चाहनु भएको छ । तपाईँले सूचीबाट मानक फ्रेम नाम पनि चयन गर्न सक्नुहुन्छ ।

List of frame types

ग्राफिक दृश्य

छविचित्र मानचित्र प्रदर्शन गर्दछ, जसले गर्दा तपाईँले हटस्पोट क्लिक गर्न र सम्पादन गर्न सक्नुहुन्छ ।