LibreOffice रेखाचित्र विशेषताहरू

LibreOffice रेखाचित्रले तपाईँलाई साधारण र कठिन रेखाचित्र सिर्जना गर्न र तिनीहरूलाई सामान्य छवि ढाँचाको सङ्ख्यामा निर्यात गर्दछ । तपाईँले आफ्नो रेखाचित्रमा तालिकाहरू, चित्रपटहरू, सूत्रहरू र LibreOffice कार्यक्रमहरूमा सिर्जना भएका अरू वस्तुहरू पनि घुसाउन सक्नुहुन्छ ।

भेक्टर ग्रफिक्स

LibreOffice रेखाचित्रले गणितिय भेक्टरद्वारा परिभाषित गरिएको रेखाहरू र वक्रहरू प्रयोग गरी भेक्टर ग्राफिक्स सिर्जना गर्दछ । भेक्टरले रेखाहरू, पदलोप, र बहुभुजहरू तिनीहरूको रेखागणित अनुसार वर्णन गर्दछ ।

त्रि-आयामिक वस्तुहरू सिर्जना गर्दा

तपाईँले साधारण त्रि-आयामिक वस्तुहरू जस्तै घनहरू, गोलाइहरू र बेलनाकारहरू LibreOffice रेखाचित्रमा सिर्जना गर्न सक्नु हुन्छ र साथै वस्तुको प्रकाश स्रोत परिमार्जन गर्न सक्नुहुन्छ ।

ग्रिड र स्न्याप लाइनहरू

ग्रिडहरू र गाईडले तपाईँको रेखाचित्रमा वस्तुलाई पङ्क्तिबद्ध गर्न मद्दत गर्न दृश्य सङ्केत उपलब्ध गराउँदछ । तपाईँले वस्तुलाई ग्रिड रेखा, मार्कदर्शक वा अर्को वस्तुको किनारामा सटाउन रोज्न सक्नु हुन्छ ।

सम्बन्ध देखाउनका लागि वस्तुहरू जडान

तपाईँले "जडानकर्ता" भनिने विशेष रेखाहरूसँग LibreOffice रेखाचित्रमा वस्तुहरू बीचको सम्बन्ध देखाउन वस्तुहरू जडान गर्न सक्नुहुन्छ । जडानकर्ताहरू रेखाङ्कन वस्तुहरूमा टाँस्ने विन्दुमा संलग्न हुन्छ र जब जडान गरिएका वस्तुहरू सर्दछ र संलग्न रहन्छ । जडानकर्ताहरू संस्थागत चित्रपट र प्राबिधिक रेखाचित्र सिर्जना गर्न महत्वपूर्ण छ ।

आयामहरू प्रदर्शन

प्राबिधिक रेखाचित्रहरूले प्राय रेखाचित्रमा वस्तुहरूको आयामहरू देखाउँदछ । LibreOffice रेखाचित्रमा, तपाईँले गणना गर्न र रेखात्मक आयामहरू प्रदर्शन गर्न आयाम रेखाहरू प्रयोग गर्न सक्नुहुन्छ ।

सङ्रहालय

सङ्ग्रहालयमा छवि, एनिमेसन, ध्वनि र अरू वस्तुहरू जसलाई तपाईँले जोड्न सक्नुहुन्छ र तपाईँको रेखाचित्रमा प्रयोग गर्नुको साथ साथै अन्य LibreOffice कार्यक्रमहरूमा प्रयोग गर्न सकिने वस्तुहरू समाहित हुन्छन् ।

ग्राफिक फाइल ढाँचाहरू

LibreOffice रेखाचित्रले PG, र PNG जस्तै धेरै साझा ग्राफिक फाइल ढाँचाहरूमा निर्यात गर्न सक्छ