मेनुहरू

निम्न सबै LibreOffice रेखाचित्र मेनुहरू, उपमेनुहरू र तिनीहरूको संवादहरूको एउटा वर्णन हो ।

द्रष्टव्य प्रतिमा

मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।


चेतावनी प्रतिमा

मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।


फाइल

यस मेनुमा रेखाचित्र कगजात जस्तै 'खोल्नुहोस्', 'बन्द गर्नुहोस्' र 'मुद्रण गर्नुहोस्' सँग काम गर्नका लागि साधारण आदेशहरू समावेश हुन्छ । LibreOffice रेखाचित्र बन्द गर्न, निस्कनुहोस् मा क्लिक गर्नुहोस् ।

सम्पादन गर्नुहोस्

यस मेनुमा भएका आदेशहरू कागजात रेखाचित्र (उदाहरणका लागि, नक्कल गर्नु र टाँस्नु) सम्पादन गर्न प्रयोग गरिन्छ ।

दृश्य

रेखाचित्र कागजातका गुणहरूको प्रदर्शन सेट गर्दछ ।

घुसाउनुहोस्

यस मेनुले तपाईँलाई रेखाचित्र कागजातका तत्वहरू जस्तै ग्राफिक्स र मार्गदर्शक घुसाउन अनुमति दिन्छ ।

ढाँचा

तपाईँको कागजातको सामग्रीहरू र सजावट ढाँचाबद्ध गर्नका लागि आदेशहरू समाविष्ट गर्दछ ।

उपकरणहरू

यस मेनुले LibreOffice रेखाचित्रका लागि साथ साथै भाषा र प्रणाली मिलाउने काममा समेत प्रवेश गर्नका लागि उपकरणहरू उपलब्ध गराउँदछ ।

परिमार्जन गर्नुहोस्

तपाईँको कागजातमा वस्तुहरू परिमार्जन गर्न आदेशहरू समावेस छन्।

सञ्झ्याल

कागजात सञ्झ्याल म्यानुपुलेट गर्न र प्रदर्शन गर्न आदेशहरू समावेस छन्।

मद्दत

मद्दत मेनुले तपाईँंलाई LibreOffice मद्दत प्रणाली सुरु गर्न र नियन्त्रण गर्न अनुमति दिन्छ।