ग्रेडियन्ट फिल सिर्जना गर्दा

ग्रेडियन्ट फिल चाहि दुई फरक रङहरूको बढ्दो व्लेन्ड हो, वा त्यही रङको छायाँ हो, जुन तपाईँले चित्रांकन गर्ने वस्तुमा लागू गर्न सक्नुहुन्छ ।

ग्रेडियन्ट लागू गर्नका लागि:

  1. एउटा रेखाचित्र वस्तु चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध - क्षेत्र रोज्नुहोस् र ग्रेडियन्ट को रूपमा Fill प्रकार चयन गर्नुहोस् ।

  3. सूचीबाट एउटा ग्रेडियन्ट शैली चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

अनुकूल ग्रेडियन्टहरू सिर्जना गर्दा

तपाईँंले तपाईँंको आफ्नो ग्रेडियन्ट परिभाषित गर्न सक्नुहुन्छ र पहिले रहेको ग्रेडियन्टलाई परिमार्जन गर्न सक्नुहुन्छ, ग्रेडियन्टको फाइलहरू बचत र लोड समेत गर्न सक्नुहुन्छ ।

अनुकूल ग्रेडियन्ट सिर्जना गर्नका लागि:

  1. ढाँचाबद्ध - क्षेत्र रोज्नुहोस् र ग्रेडियन्ट ट्याब क्लिक गर्नुहोस् ।

  2. तपाईँंको नयाँ ग्रेडियन्टको रूपमा प्रयोग गर्नका लागि सूचीबाट एउटा ग्रेडियन्ट चयन गर्नुहोस् र Add क्लिक गर्नुहोस् ।

  3. पाठ बाकसमा ग्रेडियन्टका लागि एउटा नाम टाइप गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

    नाम ग्रेडियन्ट सूचीको अन्त्यमा आउँछ र सम्पादनका लागि चयन हुन्छ ।

  4. ग्रेडियन्ट गुणहरू सेट गर्नुहोस् र बचत गर्नका लागि परिमार्जन क्लिक गर्नुहोस् ।

  5. ठीक छ क्लिक गर्नुहोस्

ग्रेडियन्टहरू र पारदर्शिता प्रयोग गर्दा

तपाईँंले ग्रेडियन्टको गुण समायोजन गर्न सक्नुहुन्छ र चित्र वस्तुको पारदर्शिता समेत तपाईँंको माउसले परिमार्जन गर्न सक्नुहुन्छ ।

चित्र वस्तुको ग्रेडियन्ट समायोजन गर्नका लागि:

  1. तपाईँंले परिमार्जन गर्न चाहनुभएको चित्र वस्तु ग्रेडियन्टले चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध - क्षेत्र रोज्नुहोस् र ग्रेडियन्ट ट्याब क्लिक गर्नुहोस् ।

  3. तपाईँंको आवश्यकता सुहाउँदो गराउनका लागि ग्रेडियन्टको मान समायोजन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।

टिप प्रतिमा

एउटा वस्तुको पारदर्शिता समायोजन गर्नका लागि, एउटा वस्तु चयन गर्नुहोस्,ढाँचा-क्षेत्र रोज्नुहोस् र Transparency ट्याव क्लिक गर्नुहोस् ।