सूत्रहरू सँग गणना गर्दा

सबै सूत्रहरू बराबरी सङ्केत सँग सुरु हुन्छन । सूत्रहरू ले सङ्ख्याहरू वा पाठ, र अन्य ढाँचाबद्ध विवरण जस्तै सम्भाव्य डेटा समावेश गर्न सक्दछ । सूत्रहरू ले अंकगणित सञ्चालनकर्ताहरू,उचित सञ्चालनकर्ताहरू वा प्रकार्य सुरुआतहरू पनि समावेश गर्दछ ।

टिप प्रतिमा

स्मृति जनाउनका लागि, आधारभूत अंकगणित सङ्केतहरू (+, -, *, /)"Multiplication and Division before Addition and Subtraction" नियमको प्रयोगद्वारा सूत्रमा प्रयोग गर्न पनि सकिन्छ । लेखाइको सट्टामा =SUM(A1:B1) यो लेखाइ सँग बढी राम्रो हुन्छ =A1+B1 ।


टिप प्रतिमा

प्यारेन्थेसहरू प्रयोग गर्न पनि सक्नुहुन्छ । सूत्रहरूको परिणाम =(1+2)*3 ले =1+2*3 भन्दा फरक परिणाम उत्पादन गर्दछ ।


यहाँ LibreOffice क्याल्क.सूत्रहरू का केही उदाहरणहरू छन्:

=A1+10

कक्ष A1 जोड १० को सामग्रीहरू प्रदर्शन गर्दछ ।

=A1*16%

A1 को सामग्रीहरूको १६% प्रदर्शन गर्दछ ।

=A1 * A2

A1 र A2 को गुणनको परिणाम प्रदर्शन गर्दछ ।

=ROUND(A1;1)

एउटा दशमलव स्थान सँग कक्ष A1 मा सामग्रीहरू परिक्रमण गर्दछ ।

=EFFECTIVE(5%;12)

एक वर्षको १२ भूक्तानिहरू सँग ५% वार्षिक अवास्तविक ब्याजका लागि प्रभावकारी व्याज गणना गर्दछ ।

=B8-SUM(B10:B14)

कक्षहरू B10 देखि B14 को सम्मको जोडमा B8 घटाऊ गणना गर्दछ ।

=SUM(B8;SUM(B10:B14))

B10 बाट B14 कक्षहरूको जोड गणना गर्दछ र B8 मा मान थप्दछ ।


यो सूत्रहरूमा नेष्ट प्रकार्यसँग उपयुक्त पनि छ, यसलाई उदाहरण स्वरूप देखाइन्छ । तपाईँ प्रकार्यहरूको बीचमा नेष्ट प्रकार्यहरू पनि देखाउन सक्नुहुन्छ । प्रकार्य विजार्डले तपाईँलाई नेष्ट पारिएका प्रकार्यहरू सँग सहायता दिन्छ ।