चयन गरेको कक्ष दायरामा स्वचालित ढाँचा लागू गर्दा

तपाईँ छिटो पाना ढाँचाबद्ध वा चयन गरिएको कक्ष दायरा लागू गर्न स्वत: ढाँचाबद्ध विशेषता प्रयोग गर्न सक्नुहुन्छ ।

पानामा स्वत:ढाँचा वा चयन गरिएको कक्ष दायरा लागू गर्नका लागि

  1. तपाईँले ढाँचाबद्ध गर्न चाहनु भएको, स्तम्भ र पङ्क्ति हेडरहरू समावेश भएको, कक्षहरू चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध - स्वत:ढाँचा रोज्नुहोस् ।

  3. एउटा स्वत:ढाँचामा समावेश हुने गुणहरू चयन गर्न, धेरै क्लिक गर्नुहोस् ।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

    ढाँचा चयन गरिएको दायराको कक्षहरूमा लागू हुन्छ ।

द्रष्टव्य प्रतिमा

तपाईँले कक्ष सामग्रीहरूको रङमा कुनै परिवर्तन नदेखेको खण्डमा दृश्य - मान हाइलाइट रोज्नुहोस् ।


स्प्रेडसिटहरूका लागि स्वत:ढाँचा परिभाषा गर्न

तपाईँ नयाँ स्वत:ढाँचा परिभाषित गर्न सक्नुहुन्छ जुन सबै स्प्रेडसिटहरूमा उपलब्ध हुन्छ ।

  1. एउटा पाना ढाँचाबद्ध गर्नुहोस ।

  2. सम्पादन - सबै चयन गर्नुहोस् रोज्नुहोस ।

  3. ढाँचाबद्ध - स्वत:ढाँचा रोज्नुहोस् ।

  4. थप्नुहोस् क्लिक गर्नुहोस् ।

  5. स्वत:ढाँचा थप्नुहोस् संवादको नामबाकसमा ढाँचाका लागि नाम घुसाउनुहोस् ।

  6. ठीक छ क्लिक गर्नुहोस् ।