DAYS

दुई मिति मानहरू बीचको फरक गणना गर्दछ । परिणाम दुई दिनहरू बीचको दिनहरूको सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

DAYS(Date_2;Date_1)

Date_1 सुरु मिति हो, Date_2 अन्तिम मिति हो । यदिDate_2 Date_1भन्दा अगाडिको मिति भए परिणाम ऋणात्मक हुन्छ ।

उदाहरणहरू

DAYS("1/1/2010"; NOW()) आजबाट जनवरी१,२०१० सम्म दिनहरूको सङ्ख्या फर्काउँदछ ।

DAYS("10/10/1990";"10/10/1980")ले ३६५२ फर्काउँदछ ।