CInt Function

कुनै स्ट्रिङ वा सङ्ख्यात्मक अभिव्यक्ति इन्टिजरमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना:

CInt (अभिव्यक्ति)

मान फर्काउनुहोस्:

इन्टिजर

परामितिहरू:

अभिव्यक्ति: कुनै सङ्ख्यात्मक अभिव्यक्ति जसलाई तपाईँ रूपान्तरण गर्न चाहनुहुन्छ । यदि मान दायरा-३२७६८ र ३२७६७ को बीचमा भन्दा बढी अभिव्यक्ति भएको खण्डमा आधारभूत LibreOfficeले अधिक प्रवाह त्रुटिको प्रतिवेदन दिन्छ । स्ट्रिङ अभिव्यक्ति रूपान्तरण गर्नलाई साधारण पाठ("१२३.५") को रूपमा तपाईँको सञ्चालन प्रणालीमा प्रयोग गरेको पूर्वनिर्धारित नम्बर ढाँचा नम्बर प्रविष्ट गर्नु पर्दछ ।

यो कार्य खण्डित भागको सबैभन्दा नजिकको इन्टिजर सङ्ख्यामा सधै घुमाउदछ ।

त्रुटि सङ्केतहरू

5 अवैध कार्य-विधि कल

उदाहरण:

Sub ExampleCountryConvert

    MsgBox CDbl(1234.5678)

    MsgBox CInt(1234.5678)

    MsgBox CLng(1234.5678)

End Sub