पूरा-पाठ खोज - फेला पार्नुहोस

LibreOffice मद्दतमा पूरा पाठ खोज कार्यले तपाईँंलाई खोजी सर्तहरूको कुनै पनि संयोजन समाविष्ट भएका मद्दत कागजात फेला पार्न समर्थन गर्दछ। यो गर्नका लागि खोज टर्मपाठ फाँट भित्र एउटा वा बढी शब्दहरू टाइप गर्नुहोस।

खोज टर्म पाठ फाँटले तपाईँंले अन्तिममा प्रविष्टि गर्नुभएको शब्दहरू सङ्ग्रह गर्दछ। पहिलेको खोज दोहोर्याउनका लागि,बाँण प्रतिमा क्लिक गर्नुहोस र सूचीबाट टर्म चयन गर्नुहोस।

खोज बाहिर ल्याईसकेपछि,नतिजाहरूको कागजात शीर्षकहरू सबै भन्दा मेल खाने सँग एउटा सूचीमा सबै भन्दा माथि देखा पर्दछ। सम्बन्धित मद्दत कागजात लोड गर्नका लागि एउटा प्रविष्टिलाई डबल-क्लिक गर्नुहोस ,वा यसलाई चयन गर्नुहोस र प्रदर्शन क्लिक गर्नुहोस।

कागजात शीर्षकहरूमा खोजलाई सीमित गर्नका लागि जाँच बाकस शीर्षकहरूमा मात्र फेला पार्नुहोस प्रयोग गर्नुहोस।

पूर्ण शब्द मात्र जाँच बाकसले तपाईँंलाई दुरुस्त खोज सम्पादन गर्न समर्थन गर्दछ। यदि बाकस चिन्हित गरिएमा, अपूर्ण शब्दहरू फेला पर्ने छैनन। यदि तपाईँंले प्रविष्टि गर्नुभएको शब्द एउटा झन लामो शब्दको भागको रूपमा पनि फेला पर्नु पर्दछ भने यो बाकसलाई चिन्हित नगर्नुहोस।

तपाईँंले खाली स्थानहरूले छुट्ट्याएका,खोज टर्महरूको कुनै पनि संयोजन प्रविष्टि गर्न सक्नुहुन्छ। खोज केस संवेदनशीलछैन

टिप प्रतिमा अनुक्रमणिका र पूरा-पाठ खोजहरू सधै अहिले चयन गरिएको LibreOffice अनुप्रयोगमा लागू हुन्छ। मद्दत दर्शकको उपकरणपट्टीमा सूची बाकस प्रयोग गरेर उपयुक्त अनुप्रयोग चयन गर्नुहोस।